शोक वक्तव्य

मिति २०७७ साउन २८ गते

कान्तिपुर प्रकाशनको कान्तिपुर दैनिकमा कार्यरत रहनुभएका वरिष्ठ पत्रकार बलराम बानियाँको शव मकवानपुर जिल्लाको सिस्नेरी स्थित विद्युत गृहको फिल्टरमा फेला परेको समाचारले फ्रिडम फोरम स्तब्ध भएको छ ।

हिजो मंगलबार दिउँसो फेला परेको उनको शव आज बुधवार हेटौंडाको अस्पतामा पहिचान भएको हो ।

बानियाँ गत सोमबार पत्रिकाको कार्यालयमा आफ्नो जिम्मेवारीको कार्य सम्पादन पछि घर हिडे यता बेपत्ता भएको र परिवारले हिजो मंगलबार देखि खोजिको लागि प्रहरीलाई सूचना दिएको थियो ।

बानियाँ २०४९ सालमा कान्तिपुर दैनिक मार्फत पत्रकारितामा आवद्ध भएका थिए । करिब २७ वर्ष देखि पत्रकारितामा सक्रिय उनी संसदिय मामिला, शासकीय मामिला र राजनीतिक बिटमा सिद्धहस्त रिर्पोटर मानिन्थे । उनी पत्रकार महासंघको केन्द्रिय सचिव पनि भैसकेका सक्रिय श्रमजिवी पत्रकार नेता थिए ।

बानियाँको मृत्यु रहस्यमय देखिन्छ । महामारी पछि कान्तिपुरको सम्पादकीय व्यवस्थापनप्रति उनी निराश थिए । साथै, केही साता अगाडि उनले लेखेको नेपाल चीन सिमा सम्बन्धी एक समाचार निकै विवादमा परेको थियो । फ्रिडम फोरम उनको मृत्युको गहिरो अनुसन्धान होस् र यसमा कुनै रहस्यमय सञ्जालको हात पनि हुनसक्ने तर्फ अनुसन्धान गर्न प्रहरी सजग होस् भनी ध्यानाकर्षण गराउँदछ ।

हार्दिक श्रदाञ्जली बानियाँ ।