Freedom Forum is going to organize 5 days training on “Public Interest Reporting”. This training theme will be focused on the issue of public concern on post- earthquake reconstruction and rehabilitation. Thus, interested journalist from 14 mostly affected districts from earthquake can apply.

फ्रिडम फोरमको आयोजनामा भूकम्प प्रभावित १४ जिल्लामा कार्यरत रहेका पत्रकारहरुको क्षमता तथा सीप विकासका लागि आगामी नोभेम्बर तथा डिसेम्बर महिनामा ५ दिने Public Interest Reporting Training सञ्चालन हुन गइरहेको छ । भूकम्प प्रभावित जिल्लाहरुमा विभिन्न तहबाट भइरहेको पुनःनिर्माण तथा पुनःस्थापनाका सम्बन्धमा सार्वजनिक चासोका मुद्दालाई लक्षित गरी यस तालिमको आयोजना गरिएको हो । यस तालिम अन्तर्गत दुई चरणमा ३२ जना पत्रकारहरुलाई प्रशिक्षित गरिनेछ ।

आबेदनका लागि योग्यता
1. भूकम्प प्रभावित जिल्लामा पत्रकारितामा सक्रिय रहेका, न्युनतम १२ कक्षा वा प्रविणता प्रमाणपत्र तह पुरा गरी कम्तीमा ५ वर्ष तथा स्नातक तह पुरा गरी कम्तीमा ३ वर्षको पत्रकारिता अनुभव भएको ।
2. सार्वजनिक चासोका मुद्दामा खोज पत्रकारिताको माध्यमद्वारा कम्तीमा ३ वटा खोज तथा अनुसन्धानमूलक स्टोरी प्रकाशन तथा प्रशारण गरेको ।

आवेदन यही २०७४ कात्तिक १४ गतेभित्र info@freedomforum.org.np मा पठाइसक्नुपर्नेछ । आवेदनमा आफ्नो व्यक्तिगत विवरणसहित भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनाबारे प्रकाशित/ प्रशारित २ वटा खोजमूलक रिपोर्टिङका नमुना संलग्न गर्नुपर्नेछ ।

आवेदन मुल्यांकन गरि स्वीकृत/ अस्वीकृत गर्ने अधिकार फ्रिडम फोरममा निहित रहनेछ ।
Advertisement of Public Interest Reporting Training published in Newspapers