Freedom Chautary
Freedom Chautary
१७. नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा महिलाको उपस्थितिको अध्ययन
/

नियमित हुने अभिव्यक्ति स्वतन्त्रताको अनुगमनमा नयाँआयाम थप्दै फ्रिडमफोरमले विगत दुईवर्ष देखि नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा महिलाको उपस्थितिको अध्ययनगर्दै आएको छ । अध्ययनमा पत्रिकाको मुख्यपृष्ठमा प्रकाशित समाचारहरुका बाइलाइन र समाचार स्रोतमा महिलाको उपस्थिति एवं लैङ्गिक दृष्टिकोणले संवेदनशील समाचारमा महिलाको प्रस्तुतिको अनुगमनगरिन्छ । अनुगमनमा ९ राष्ट्रिय दैनिक, ६ अनलाइन समाचार पत्रिका र २१ प्रदेशस्तरकापत्रिकाहरु समेटिएकाछन् ।
यस अनुगमनको प्रतिवेदन हरेक तीनमहिनामा प्रकाशित गरिन्छ । हालै प्रकाशित २०१८ को प्रतिवेदन अनुसार छापामाध्यमका समाचारमा ९ प्रतिशत र विचार पृष्ठमा २२प्रतिशत महिलाका बाइलाइन पाइएको छ । त्यसैगरी, अनलाइन पत्रिकामा अनुगमन गरिएका समाचारमा १८ प्रतिशत महिलाका बाइलाइन पाइएको छ ।
केन्द्रियतहमा अनुगमन फ्रिडमफोरमकीनानु मैँयाखड्का र शान्तिचौलागाईँले गर्दै आउनुभएको छ भने प्रदेशस्तरका पत्रिकाको अनुगमन फ्रिडमफोरमका सातै प्रदेश प्रतिनिधि क्रमशः विक्रमनिरौला, राजन सिंह, राममणिदाहाल, राजनपोख्रेल, सुदीपगौतम, लक्ष्मीभण्डारी र डीआर पन्त ले गर्नुहुन्छ । त्यसैगरी, फ्रिडमफोरमकै दीपाअधिकारीले अनुगमनप्रतिवेदनको आधारमा सम्बन्धित सञ्चारमाध्मका सम्पादक तथा सह–सम्पादक सँग पनि छलफल गर्दै आउनभएको छ । भने फ्रिडमचौतारीको यस शृंखलालाई फ्रिडमफोरमकी अस्मितापोख्रेलले सहजीकरण
गर्नुभएको छ ।