Freedom Chautary
Freedom Chautary
107. साइबर अपराध र मानवअधिकार
/

नेपालमा इन्टरनेटमा हुने मानवअधिकार विशेषगरी अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत गोपनियताको सन्दर्भमा विद्युतिय कारोबार ऐनको दफा ४७  को प्रयोग हुदँै आएको छ । तर, कतिपय सन्दर्भमा इन्टरनेटमाथि हुने अभिव्यक्ति र गोपनीयता साइबर क्राइमको नाममा उल्लंघन हुदै आएको छ । विगतका विभिन्न घटनाहरु हेर्दा पत्रकारले र सामान्य नागरिकले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताको अभ्यास गरेकै भरमा साइबर क्राइमको आरोप खेप्नुपर्यो, विभिन्न मुद्धा मामिला पनि झेल्नुपर्यो ।

यस सन्दर्भमा फ्रिडम फोरमले विभिन्न नागरिक र पत्रकारलाई न्याय प्राप्तिको लागि यस कार्यमा सहयोग गर्दै आएको पनि छ । ती अनुभवबाट के देखिन्छ भने नेपालमा इन्टरनेटमा हुने नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन् भैरहेको छ । त्यसैले फ्रिडम फोरमले लामो समयदेखि विद्युतिय कारोबार ऐनको दफा ४७ खारेज गर्नुपर्ने माग राखिरहेको छ ।

आजको फ्रिडम चौतारी पडकाष्टमा हामी यसै सेरोफेरोमा छलफल गर्दैछौं । र, छलफलमा हुनुहुन्छ – फ्रिडम फोरमका प्रमुख कार्याकारी तारानाथ दाहाल र अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता अनुगमन संयोजक नारायण घिमिरे । अब सुनौं, साइबर क्राइम बारेको यो जानकारीमूलक परिचर्चा ।