Freedom Chautary
Freedom Chautary
35. सूचनाको हक ऐनको १२ बर्ष
/

सूचनाको  हक सम्बन्धि ऐन लागु भएको १३ बर्ष भएको सन्दर्भमा आजको पडकास्टमा छलफलमा जुटेका छौं।

सुचनाको हक सम्बन्धी ऐनले २०७६ भदौ ०३ गते १२ बर्ष पुरा गरेको छ ।२०६४ सालको भदौ ३ गते यो ऐन कार्यन्वयनमा आएको हो।
हुन त  नेपाली जनताले यो महत्वपूर्ण नागरिक अधिकार मौलिक अधिकारको रुपमा २०४७ सालकै संबिधानमा पाएको हो।तर ऐन बन्न
१७ बर्ष पर्खन पर्यो।
लामो  संघर्षपछि बनेको यो ऐन अझ पनि राम्रोसँग लागु हुन सकेको अवस्था छैन।कार्यन्वयनको संघर्ष जारी छ।यो ऐन बनाउन र कार्यन्वयनमा ल्याउन निरन्तर जुटीरहनु भएको छ ,तारानाथ दाहाल।
यसको  लागि भएको संघर्षको ऐतिहासिक पक्षहरु कस्ता थिए ? किन यो ऐन बनाउन परेको थियो? र, यस्को प्रभाव कस्तो देखिदैछ? जस्ता प्रसंगमा म सहजमान श्रेष्ठ र तारानाथ दाहाल कुरा गर्दैछौँ।