Freedom Chautary
Freedom Chautary
40. खुला सरकार साझेदारी के हो ?
/

‘ओपन गर्भनमेन्ट पार्टनरसीप’ अर्थात खुला सरकार साझेदारी आजको नविनतम शासकीय सुधारको विश्व अभियान हो ।

नागरिक र सरकारको साझेदारी र सहर्सिजना मार्फत शासकीय प्रणालीमा निरन्तर सुधार गर्दै लोकतान्त्रिक शासनलाई प्रभावकारी वनाउन सेप्टेम्बर २०, २०११ मा स्थापना गरिएको यो विश्व अभियान के हो त ? यस अभियानमा नेपाल कसरी सहभागी हुनसक्छ र त्यसबाट नेपाललाई के कस्ता लाभ हुनसक्छ ? आजको पडकाष्टमा हामी छलफल गर्दैछौं ।

यी विषयहरुमा खुला सरकार र साझेदारीका अभियन्ताहरु तारानाथ दाहाल र कृष्ण सापकोटा, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी र पोखराका नागरिक समाजका प्रबुद्ध व्यक्तीत्व आनन्दराज मुल्मीका विचारहरु समेटिएको छ ।