Freedom Chautary
Freedom Chautary
39. पत्रकार ओम हमाल: झुठो अभियोग र दमनको कथा
/

एक जिल्ला स्तरीय भूमिगत नेताको अन्तरवार्ता गर्दागर्दै २०७६ भदौ ६ गते पोखराको शिशुवाबाट प्रहरीले गिरफ्तार गरी झुठो मुद्धा लागाइएका पत्रकार (janasanchar.com का सम्पादक एवम संचालक) ओम हमाल सर्वोच्च अदालतको दुई पटकको आदेशपछि बल्ल रिहाई भएका छन् अघिल्लो पटक भदौ १७ गते सर्वोच्च अदालतले प्रहरीको गिरफ्तारी र लगाएको मुद्धा गलत भएको भनी रिहाई गरिदिएपनि पत्रकार हमाल पुनः सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरिनुभएको थियो पुनः प्रहरीले लगाएको अर्को मुद्धालाई पनि सर्वोच्च अदालतले गलत ठहर गर्दै बन्दीप्रतक्षीकरण रिट मार्फत पत्रकार हमालाई पुनः २०७६ भदौ २४ गते रिहा गरेको हो

पत्रकार हमाल र उनको रिहाइको लागि सकृय रहनुभएकी हमालको श्रीमती मोनिका गुरुङ (श्रीमती गुरुङपनि संचारकर्मी हुनुहुन्छ) सँग फ्रिडम फोरमको कार्यालयमा गरिएको संवाद आजको पडकाष्टमा |