Freedom Chautary
Freedom Chautary
44. मानव बेचबिखन, मानव अधिकार र सञ्चारको दायित्व
/

मानव बेचबिखन हाम्रो देशको असाध्यै जेलिएको समस्या हो । परम्परागत रुपमा नेपाली महिलाहरु वेश्यावृृति र दासताको लागि छिमेकी देश भारतका विभिन्न सहरहरुमा बेचिने गर्दथे । अहिले यो समस्या झन् विभिन्न रुपमा फैलिएको छ । वैदेशिक रोजगारीका नाममा संसारका विभिन्न देशहरुमा नेपाली महिलाहरु र श्रमिकहरुको बेचबिखन र शोषण हुन थालेको छ । मानअधिकारका दृष्टिले यो एक घृणास्पद अवस्था हो । यसै सन्र्दभमा मानव बेचविखन र मानवअधिकारको सवालमा हामी यस पडकाष्टमा विस्तृत चर्चा गर्दैछौं ।

नेपालको मानवअधिकार आन्दोलनमा आफ्नो विशिष्ट पहिचान बनाइसक्नु भएकी र हाल अमेरीकाको लस एन्जलसको लोयला ल कलेजमा यसै विषयमा विद्यावारिधी गरिरहनु भएकी अधिवक्ता साधना घिमिरे भेट्वालसंग सहजमान श्रेष्ठले कुराकानी गर्नुभएको छ ।