Freedom Chautary
Freedom Chautary
45. सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रमा सुविख्यात नाम – भीमबहादुर अधिकारी
/

नेपालको सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा सुविख्यात नाम हो – भीमबहादुर अधिकारी । अर्थमन्त्रालयमा सेवा गर्दै सहसचिवबाट सेवामुक्त भएपछि फेरी करिब दई दशकसम्म बेरुजु फरफारक गर्ने समितिमा रहेर आर्थिक अनुशासन सुधारका लागि उहाँले काम गर्नुभएको थियो । अधिकारी अहिले ९० वर्षमा प्रवेश गर्नु भएको छ । यस्ता अनुभवी वित्त व्यवस्थापक अधिकारीसंग नेपालको बजेट प्रणाली, विकास र समाजसेवा क्षेत्रका विविध विषयमा कुराकानी गरेका छौं । नेपालमा सामाजिक सुरक्षाको भत्ता प्रणाली सुरु गर्ने प्रमुख अभियान्ता अधिकारी नै हुनुहुन्छ । उहाँले नै अपाङ्ग तथा वृद्धहरुलाई माषिक भत्ता दिन नेपाल सरकारलाई प्रेरणा दिनु भएको थियो । २०३३ सालबाटै उहाँले गाउँ सेवा कोषको नामवाट यो प्रथा तनहूँमा प्रारम्भ गर्नुभएको थियो । उक्त प्रसंगसहित बजेट, बेरुजु, विकास, योजना, वित्तिय अनुशासन र सामाजिक सेवाका विभिन्न रोचक सन्दर्भ आजको फ्रिडम चौतारी पडकाष्टमा :