Freedom Chautary
Freedom Chautary
48. सूचनाको हक र कानुनी शासन- १
/

लोकतन्त्रको मुख्य लक्ष्य नै कानुनको शासन सुनिश्चित गर्नु हो । सबै मानिस कानुनका नजरमा समान हुन्छन् र कुनै पनि पदाधिकारी वा निकाय कानुन अनुसार मात्रै चल्दछ वा चल्नुपर्छ भन्नु नै कानुनको शासन हुनु हो । सूचनाको हकले मानिसलाई थाहा पाउने अथवा जान्न पाउने अधिकार प्रदान गर्दछ । सुसूचित आम मानिस भएमा मात्र लोकतन्त्रमा प्रत्येक व्यक्तिले सार्थक सहभागिता र भूमिका खेल्न सक्षम हुन्छन् । त्यसैले सूचनाको हकलाई लोकतन्त्रको अक्सिजन मानिन्छ । यी दुई पक्षबीच अत्यन्त अन्तरसम्बन्ध छ । सूचनाको हक नभई हामी कानुनी शासनको कल्पनासम्म गर्न सक्दैनौं । यसै विषयमा वहस संचालन गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता विष्णु लुईटेल र बहसमा सहभागि विज्ञ व्यक्तिहरु कानुनविद् डा. नारायण घिमिरे, संविधान र सूचनाको हकको विशेषज्ञ डा. रामकृष्ण तिमल्सीना र सूचनाको हकका विज्ञ एवं मुख्य अभियन्ता तारानाथ दाहाललाई सुनौं आजको पडकाष्टमा |