Freedom Chautary
Freedom Chautary
54. अनुसन्धानमूलक पत्रकारिताको लागि सूचनाको हक
/

लोकान्तर डटकम अनलाइन पत्रिका यतिवेला खोजमूलक पत्रकारिताको अभ्यासद्धारा भ्रष्टाचार, बेथिति, अनियमितता जस्ता विसंगतिको खुलासा गर्ने मिसनमा जुटेको छ । सूचनाको हक सम्बन्धि ऐन २०६४ ले नागरिकलाई सूचना खोज्न र प्राप्त गर्न दिएको अधिकार प्रयोग गरी सो अनलाइनले ५० भन्दा बढि खोलमूलक समाचार प्रकाशन गरेको छ ।

सूचनाकोे हक सम्बन्धि ऐनको प्रयाग गरी प्राप्त गरेका तथ्यांक, दस्तावेज आदी सूचनाबाट के कस्ता समाचारका विषयहरु बने ? सूचना माग्दा के कस्ता चुनौतीहरु आए ? अनि ती समाचारहरुको प्रभाव कस्तो प¥यो ? भ्रष्टाचार, बेथिति र अनियमितता उजागर गर्न सूचनाको हक सम्बन्धी ऐनको कत्तिको सहज औजार हुन सक्यो ? यीनै विषयहरुमा कुराकानी गर्नका लागि हामीसंग हुनुहुन्छ लोकान्तर डटकम अनलाइन पत्रिकाका समाचार संयोजक पत्रकार रामचन्द्र भण्डारी र साथमा हुनुहुन्छ खोजमूलक समाचार सम्प्रेषमा सकृय पत्रकार नारायण अर्याल ।  सुनौं विश्वसनिय र प्रभावकारी खोजपत्रकारिताका लागि सूचनाको हकको महत्वबारे अनुभवजन्य चर्चा गरिएको आजको पडकाष्ट