Freedom Chautary
Freedom Chautary
55. कला, सिर्जना र अभिव्यक्तिको स्वतन्त्रता
/

अभिव्यक्ति स्वतन्त्रता मानिसको आधारभूत स्वतन्त्रता हो ।
यसलाई मानव अधिकारको जग भनिन्छ ।

बोल्न पाउने, थाहा पाउने, लेख्न पाउने, सिर्जना गर्न पाउने, अभिनय वा कुनै चित्रबाट व्यक्त गर्न पाउने तथा कुनै प्रविधि वा माध्यम मार्फत विचार लिन र प्रवाह गर्न पाउने जस्ता पक्ष यसभित्र पर्दछन् ।

मान्छे जन्मिएपछि कुनै सीमा वा लिंगका आधारमा विभेद नगरी यो हक प्रयोग गर्न पाउने कुरालाई नै विचार तथा अभिव्यक्तिको अधिकार भनिन्छ ।  हाम्रो संविधानको धारा १७ मा नेपाली नागरिकका आधारभूत छ वटा स्वतन्त्रताका हक उल्लेख छन् र सो मा पहिलो बुँदा नै विचार तथा अभिव्यक्तिको स्वतन्त्रता पर्दछ ।

तर, यो हकमाथि विभिन्न प्रकारका बन्देज र दमनहरु चल्दै आएका छन् । खासगरी शासकहरु र शक्तिशालीहरु आफूलाई मन नपर्ने विचार र बोलीलाई दमन गर्ने अनेक हथकण्डा चलाउने गर्दछन् । नेपालमा पनि यो दमनको चक्र अहिले झन् गतिमान भएको छ । गीत गाएका कारण, कविता लेखेको कारण, फिल्म बनाएको कारण वा सोसल मिडियामा केही लेखे–बोलेकै कारण थुपै्र सर्जक हुन् वा सर्वसाधरण मानीस दमनमा परेका छन् ।

आजको फ्रिडम चौतारी पडकाष्टमा हामी यसै सन्र्दभमा विभिन्न विधा र क्षेत्रका व्यक्तित्वहरुको अनुभव र अनुभूति प्रस्तुत गर्दैछौं । पडकाष्टको यस अंकमा हुनुहुन्छ सुप्रशिद्ध लेखक प्राध्यापक डा.गोविन्दराज भट्टराई, सिनेमाका निर्देशक तथा निर्माता नविन सुब्बा र मनोज पण्डित एवंम लेखक, पत्रकार, कलाकार र सर्जकहरुसहित अभिव्यक्ति स्वतन्त्रताका जानकार कानुनविद्हरु  ।

यस छलफलमा आफ्नो विचारहरु दिने व्यक्तित्वहरुलाई एक ठाँउमा गत साता जुटाएको थियो – फ्रिडम फोरम र नेपाल इन्डिपेन्डेट फिल्म मेकर सोसाईटीले साप फाल्चा बबरमहलमा गत पुस १० गते व्यक्त ती विचारहरुलाई सम्पादन गरी आजको पडकाष्टमा प्रस्तुत गरिएको हो । सुनौं कला र सिर्जनामाथिको नियन्त्रणको यो कथा