Freedom Chautary
Freedom Chautary
61. नेपाल : भ्रष्टाचार सर्वेक्षणको ११३ औं सूचिमा
/

पारदर्शीता र भ्रष्टाचार विरुद्ध सकृय विश्वव्यापी नागरिक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष विश्वका देशहरुको भ्रष्टाचारको स्थितिबारे पर्ससेप्सन सर्भे प्रतिवेदन जारी गर्ने गर्दछ । गत वर्ष सन् २०१९ मा विश्वमा भ्रष्टाचारको स्थिति कस्तो रह्यो त ? यसबारे ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै विश्वका १८० देशमा गरिएको सर्वेक्षणमा आधारित आफ्नो नयाँ प्रतिवेदन जारी गरेको छ । सो प्रतिवेदनमा नेपालको अवस्थाबारे पनि उल्लेख छ । जनवरी ९ अर्थात माघ २३ गते सो प्रतिवेदनकोबारे ट्रान्सपरेन्सीको नेपाल शाखाले पनि काठमाडौंमा एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो अनुसार नेपालले भ्रष्टाचारको मापनमा ३४ अंक प्राप्त गरेको छ । आर्थात सयमा ३४ । एशियाको ३१ देशहरुको समुहमा गरिएको सर्वेक्षणको औसत दर ४५ छ । तर, नेपाल विश्व मानचित्रमा मात्र होइन एशियाली मुलुकहरुको तुलनामा पनि निकै बढि भ्रष्टाचार हुने देशमा परेको छ । सुनौं, यीनै विषयमा तयार गरिएको आजको फ्रिडम चौतारी पडकाष्ट |