Freedom Chautary
Freedom Chautary
62. स्थानीय तहमा सूचनाको हकको अभियान -१
/

स्थानीय सरकारलाई पारदर्शि, जवाफदेही र उत्तरदायी बनाउन देशका १२ वटा पालिकामा सुशासन अभियान सञ्चालनमा छ । सो अभियान अन्तर्गत यो वर्ष सूचनाको हकको कानुनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन प्रयास गरिएको छ । स्थानीय तहमा सूचनाको हक सम्बन्धि अभियानबाट स्थानीय सरकारमा परिर्वतन ल्याउन गरिएको सो प्रयासमा संलग्न स्थानीय साझेदार संस्थाहरुका जिल्ला संयोजकहरुलाई आजको पडकाष्टमा समेटेका छौं । देशका विभिन्न ६ जिल्लाका १२ वटा पालिकामा यो अभियान कसरी सञ्चालन गरियो ? स्थानीय तहको यो बहस सुरु गर्दै हुनुहुन्छ फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल । सुनौं उक्त बहस श्रीङ्खला आजको पडकाष्टमाः