Freedom Chautary
Freedom Chautary
65. युट्युब तथा अनलाइन टेलिभिजनको संभावना र चुनौती
/

फ्रिडम चौतारी पडकाष्टको यस श्रृंखलामा आज हामी चर्चा गर्दछौं–यूट्युब मार्फत प्रवाह भैरहेका भिडियो सामाग्रीहरु र ती सामाग्री उत्पादन गर्ने युट्युबरहरुको बारेमा । युट्युबरबाट टेलिभिजन सामाग्री प्रवाह गर्ने टेलिभिजन पत्रकार र कार्यक्रम सञ्चालकहरुको ठूलो जमात नेपालमा बढेको छ । यस्ता च्यानलहरु लोकप्रिय पनि भैरहेका छन् । सँगसँगै यी च्यानलहरुमा विकृतीजन्य हल्ला, अश्लिल र उत्तेजक सामाग्री अनी समाजलाई अहित हुने सामाग्री छन् भनेर आलोचना र गुनासा बढेका छन् । यस सन्र्दभमा नेपालमा सकृय युट्युब च्यानलका सञ्चालकहरुको बीचमा काठमाडौंमा एक भेला भयो र सो भेलाले अनलाइन टेलिभिजनहरुको संगठन बनाउने र आचार संहिता तर्जुमा गर्ने जस्ता विषयमा छलफल गरेका छन् । यस छलफलमा ४ जना विज्ञ व्यक्तित्वहरुले आफ्ना सुझाव र विचार पनि दिनु भएको छ । छलफलमा हुनुहुन्छ –वरिष्ठ पत्रकारहरु तारानाथ दाहाल र शिव गाउँले तथा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की अनी अनलाइन पत्रकारिताका जानकार प्रवेश सुवेदी ।

छलफल चलाउँदै हुनुहुन्छ, राजु सुवेदी, जो अन्नपूर्ण टिभी नामक अनलाइन टिभीका सञ्चालक हुनुहुन्छ र साथमा पत्रकार जीवन भण्डारी पनि ।
सुनौं, अनलाइन टिभी र खासगरी थयगतगदभ च्यानल हरुका बारेको यो रोचक र समय सान्दर्भिक बहस आजको पडकाष्टमा |