Freedom Chautary
Freedom Chautary
68. मिडिया काउन्सिल विधेयकमा हुनुपर्ने थप संशोधन
/

प्रेस काउन्सिललाई प्रतिस्थापन गरी मिडिया काउन्सिल तर्जुमा गर्न संसदमा प्रस्तुत गरिएको विधेयक यो वर्षको सर्वाधिक चर्चित विधेयक हो ।
अहिले सो विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पुगेको छ । राष्ट्रिय सभाको विधायन समितिमा १० महिना भन्दा बढी वहस भएर राष्ट्रिय सभामा निर्णयार्थ पुगेको सोे विधेयकमा अझै व्यापक सुधारको खाँचो छ । मिडिया काउन्सिलको स्वायत्तता र निष्पक्षता सुनिश्चित गर्न, नेपाली मिडियामा स्वनियमनको सिद्धान्तलाई प्रवर्धन गर्न र काउन्सिलमा प्रादेशिक तथा विविधताको प्रतिनिधित्व बढाएर समावेशी संरचना बनाउन मुख्य रुपमा ६ वटा विषयमा सुधारको आवश्यकता छ । यस सम्बन्धि विषयमा फ्रिडम चौतारी पडकाष्टको यस श्रीङ्खलामा छलफल गरिएको छ । र, यो बहश हुनुहुन्छ  मिडिया, नीति र कानूनका ज्ञाताहरु तारानाथ दाहाल र सन्जीव घिमिरे । सुनौं, फ्रिडम चौतारी पडकाष्टको यस श्रीङ्खलामा मिडिया काउन्सिल सम्बन्धि कानूनको बहस ।