Freedom Chautary
Freedom Chautary
71. कोरोना भाइरस प्रभाव
/

आज हामी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को विषयमा केन्द्रित भएर छलफल गर्दै छौं । नोवेल कोरोना भाइरसलाई लिएर यतिबेला विश्वव्यापी रुपमा विभिन्न आशंका र अन्योल उत्पन्न भैरहेको छ । एशिया र अफ्रिका मात्रै होइन अमेरिका र युरोपमा पनि कोरोनाको असर देखिन थालेको छ भने यसको प्रभावको बारेमा पनि छलफल भैरहेको छ । यीनै विषयलाई लिएर दुईवटा राष्ट्रिय पत्रिका कान्तिपुर दैनिक र नयाँ पत्रिकामा चैत ६ गते लेख प्रकाशित भएको छ । कान्तिपुर दैनिकमा ‘नेपाल कति कोरोना संवेदनशिल’ भन्ने शिर्षकमा विश्लेषक अंगराज तिमल्सिनाले र नयाँ पत्रिका दैनिकमा केन्ट सेप्कोविचले ‘कोरोना मृत्युदरः दक्षिण कोरिया र इटलीमा किन फरक’ भन्ने शिर्षकमा प्रकाशित महत्वपूर्ण विचारहरुलाई हामिले आजको पडकाष्टमा प्रस्तुत गरेका छौं । सुनौं, फ्रिडम चौतारी पडकाष्टको ७१ औं अंक |