Freedom Chautary
Freedom Chautary
81. नेपाल खुला बजेट सर्वेक्षण - २०१९
/

आज  हामी खुला बजेट सर्वेक्षण २०१९ को बारेमा छलफल गर्देछौं । ईन्टरनेश्नल बजेट पार्टनरसीप (आईबीपी) द्वारा हरेक दुई बर्षमा यो सर्भेक्षण प्रतिबेदन जारी हुन्छ। यस सर्वेक्षणको बारे हाम्रा दुई वटा पडकाष्ट यस अगाडि नै प्रस्तुत गरिसकेका  छौ। १ सय १७ देशको राष्टिय बजेटलाई समेटेर गरिएको यो अनुसन्धानमा नेपालको अवस्था औषत भन्दा तल झरेको छ। यो सातौ सर्भे हो: यस राउण्डमा नेपालले सयमा ४१ अंक मात्र प्राप्त गरेको छ।

बजेटका मुख्य आठ दस्तावेजको सूचनाको उपलब्धता र पहॅुचको दृष्टिले समग्र पारदर्शिताको अवस्था कस्तो छ? बजेट प्रकृयामा जनसहभागिताको स्थिति के कस्तो छ र बजेटको निगरानी र सम्परीक्षणको अवस्था कत्ति प्रभावकारी छ भनेर यस सर्भेमा १४५ वटा आधारमा मूल्याकंन गरिन्छ। यस अंकमा हामी सो सर्भेको नेपाल प्रतिबेदन खण्ड कस्तो छ त? सो बारे चर्चा गर्न गैरहेका छौॅ। सुनौं आजको फ्रिडम चौतारी पडकाष्टमा बजेट पारदर्शितामा नेपालका कुरा |