Freedom Chautary
Freedom Chautary
86. कोभिड-१९: ओपन रेसपोन्स र ओपन रिकभरी
/

महामारीको समय अपारदर्शीता र भ्रष्टाचारको लागि मौकाको रुपमा दुरुपयोग भएको अनुभव विश्वभरी नै गरिएको छ । महामारीको सामना गर्न “इमर्जेन्सी एप्रोच”लिनु पर्ने र “लकडाउन” लगाउनु पर्ने राज्यको रणनीति भएपछि शासन व्यवस्थाको पारदर्शीता, जवाफदेहिता, उत्तरदायित्व, नागरिक सहभागिता, भ्रष्टाचार विरुद्धको कदम एवं नागरिक अधिकारहरुका विषय ओझेलमा परेका छन् ।

नेपालमा पनि कोभिड–१९ को सम्बोधन गर्ने क्रममा लिइएका सरकारका कदम, निर्णय र यस बीचमा गरिएका सार्वजनिक वित्तको खर्चबारे व्यापक गुनासो बढ्दो छ ।

भ्रष्टाचार, अनियमितता, अव्यवस्था र शासकीय असफलताबारे सडकमै युवाहरु  विरोधमा आएका छन् । मिडिया र नागरिक समाजले यसबारे आवाज उठाउन थालेका छन् ।
यसै सन्र्दभमा आजको यस फ्रिडम चौतारी पडकाष्टको श्रृंखलामा हामीले यसै विषयको सेरोफेरोमा बहस चलाएका छौं । कोभिड–१९ को खुलापनलाई आत्मसात गरी सामना गर्ने कसरी ? अनि कोभिड १९ का दुष्प्रभावहरुबाट भएको क्षति परिपूर्ति गर्न भोलीको समयमा जवाफदेही ढंगले कसरी योजनाहरु अगाडि बढाउने भन्ने नै आजको यस छलफलको मुख्य चासो रहेको छ ।

यस छलफलको सहजिकरण गर्दै हुनुहुन्छ–सञ्जिव घिमिरे । सुनौं, कोभिड–१९ को ओपन रेसपोन्स र ओपन रिकभरीबारेको बहस फ्रिडम चौतारी पडकाष्टको ८६ औं अंकमा|