Freedom Chautary
Freedom Chautary
87. भ्रष्टाचार र सार्वजनिक जवाफदेहिता
/

आजको नेपालमा सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार हो । कोभिड-१९ को महामारीबाट भन्दापनि आम जनता सरकारका निकायहरुबाट भैरहेको भ्रष्टाचारबाट आहत भएका छन । सरकार सुशासन र कानूनको शासनको दृष्टिमा निकै कमजोर भएको छ । पारदर्शिताको मान्यतालाई कुल्चिएको छ ।दण्डहिनता मौलाएको छ । राजनीतिक नेतृत्वबाट नै भ्रष्टाचारका प्रकरणहरुको बचाउ भैरहेको छ ।

यसै सन्दर्भमा आयेजित एक छलफललाई आजको फ्रिडम चौतारी पडकाष्टमा समेटेका छौ । लोकतन्त्र संवादमा गरिएको यो छलफलमा विषय प्रस्तुत गर्दै हुनुहुन्छ: ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका अध्यक्ष खेमराज रेग्मी, पत्रकार हरिबहादुर थापा र अधिवक्ता राममाया लामिछाने । अनि यस छलफलमा टिप्पणी गर्दै हुनुहुन्छ: बरिष्ठ अधिवक्ता डा नारायण घिमिरे र बरिष्ठ पत्रकार तारानाथ दाहाल ।
छलफलको सहजीकरण गर्दै हुनुहुन्छ: नारायण भट्टराई।
फ्रिडम चौतारीको ८७ औं शृंखलामा सुनौं, आजको नेपालमा भ्रष्टाचारको कथा |