Freedom Chautary
Freedom Chautary
89. नेपाली समाचारमा महिला र कोभिड-१९
/

महामारीमा महिला पत्रकार फ्रिडम फोरमले २०१७ देखि विभिन्न नेपाली सञ्चारमाध्यमका समाचारमा महिलाको उपस्थिति विषयमा अनुगमन गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । यस अनुगमनले २०१७ देखि २०२० सम्म आउँदा समाचारको बाइलाइनमा महिला पत्रकारको उपस्थितिमा केही बृद्धि भएको देखाएको छ । त्यसैगरी, पत्र पत्रिकाका मुख्य पृष्ठमा महिलासँग सम्बन्धित र महिला पत्रकारका बाइलाइन भएका समाचारलाइ पनि प्राथमिकता दिइने गरेको पाइएको छ । यसै अध्ययनका तथ्यांक र विज्ञका विचार हामीले यस पडकाष्टमा समेटेका छौँ । फ्रिडम चौतारी पडकाष्टको यस श्रृंखलामा खोज पत्रकारिता केन्द्रकी पूर्व अध्यक्ष नम्रता शर्मा र सूचना तथा प्रसारण विभागकी निर्देशक एवं सूचना अधिकारी सुमन बज्राचार्यले नेपाली सञ्चारमाध्यममा महिलाको उपस्थिति र अहिलेको कोभिड-१९ महामारीमा महिला पत्रकारले भोगेका चुनौतिका बारेमा बोल्दैहुनुहुन्छ । सुनौँ, फ्रिडम चौतारी पडकाष्टको ८९ औँ श्रृंखला |