Freedom Chautary
Freedom Chautary
90. प्रदेश २ का प्रेस स्वतन्त्रता सम्बन्धि दुईवटा कानुनहरु
/

संघीयताको कार्यान्वयनका सन्र्दभमा हाल संघ, प्रदेश र स्थानीय तहमा विभिन्न क्षेत्रसँग सम्बन्धित कानूनहरु तर्जुमा भइरहेका छन्  । त्यस क्रममा सूचना, पत्रकारिता र सञ्चारका विषयहरुमा पनि तिनै तहमा विभिन्न कानूनहरु बनिरहेका छन् । सो बारे यसै सन्र्दभमा हालसालै प्रदेश– २ को प्रदेश सभाले सञ्चारसँग सम्बन्धित २ वटा कानून पारित गरेका छन् । आज हामी प्रदेश– २ को दुईवटा संचारसँग सम्बन्धित विधेयक बारे चर्चा गर्नेछौं ।  प्रदेश २ को सभाले पारित गरेका,  प्रदेश एफ.एम. तथा टेलिभिजन सञ्चालन सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक र अर्को प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा बहस गर्दैछौं । प्रदेशसभाबाट पारित यी दुई विधेयक कसरी मस्यौदा भए ? सरोकारवालासँग छलफल भयो कि भएन ? सरोकारवालाका मुद्दा समेटीए समेटिएनन् ? तथा यी विधयेकले नेपालको अन्तराष्ट्रिय समुदायमा गरेका अभिव्यतिm तथा सञ्चार स्वतन्त्रता प्रतिवद्धता र नेपालको संवैधानिक प्रत्याभूतिलाई विधेयकले कसरी सुनिश्चित गरेका छन् भन्ने विषयमा केन्द्रित रहेर यो छलफल गर्दैछौं । यस छलफलको लागि प्रदेश– २ का सञ्चारकर्मी तथा केन्द्रिय स्तरका वरिष्ठ पत्रकारहरु हुनुहुन्छ साथै यस छलफलको सहजिकरण गर्दै हुनुहुन्छ अधिवक्ता सञ्जीव घिमिरे । सुनौं फ्रिडम फोरमको यो महत्वपूर्ण पडकाष्ट आजको ९० औं अंकमा |