Freedom Chautary
Freedom Chautary
95. नेपाली पत्रकारिताको डिजिटाइजेशन रुपान्तरण
/

सूचना प्रविधिमा आएको क्रान्तिले नेपाली पत्रकारिता क्षेत्रलाई पनि व्यापक प्रभाव पारेको छ । आमसञ्चारका परम्परागत माध्यमहरु पत्रपत्रिका, रेडियो र टेलिभिजनहरुसंगै अहिले इन्टरनेटका माध्यमबाट सञ्चालन हुने अनलाइन सञ्चारमाध्यमहरु स्थापना र संचालन गर्ने लहर चलेको छ । अहिले देशमा २५ सयको हाराहारीमा अनलाइनहरुले आफुलाई पत्रकारिताका माध्यमका रुपमा दर्ता गराएका छन् । परम्परागत अधिकांश माध्यमहरु पत्रपत्रिका, रेडियो र टेलिभिजनहरु पनि डिजिटल प्लेटफर्ममा गैसकेका छन् । मानिसहरुको सूचना र संवादको स्रोत र मञ्चका रुपमा सामाजिक सञ्जालहरुले पनि ठूलो हिस्सा लिइसकेका छन् । यसै सन्दर्भमा आजको फ्रिडम चौतारी पडकाष्टमा छलफल गर्दैछौं – डिजिटाइजेशन र नेपाली पत्रकारिताको नयाँ युग बारे । कोभिड – १९ को महामारीले इन्टरनेटका माध्यमहरुलाई झन् सबै किसिममा सूचना र संवादको सहज माध्यम बनाइदिएको छ । मानिसको जीवनशैली नै इन्टरनेटमय भैसकेको छ । पत्रकारिताका माध्यमहरुको डिजिटाइजेशनको रुपान्तरण प्रक्रियालाई पनि अहिलेको महामारीले झन् गतिशिल बनाइदिएको छ । यसै पृष्ठभूमिमा आज यहाँ छलफलमा नेपालका मुर्धन्य पत्रकारहरु र सञ्चारविद्हरु जुट्नु भएको छ । यस छलफलमा दुईजना वरिष्ठ पत्रकार एवं अनुसन्धान कर्ताहरुले आफ्नो विशेष प्रस्तुति दिदैँ हुनुहुन्छ । फ्रिडम फोरमद्धारा असोज महिनाको अन्तिमतिर आयोजित एक कार्यक्रममा यी प्रस्तुतिहरु गरिएका थिए । वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी, सम्पादक प्रतिक प्रधान र अनुसन्धानकर्ता एवं शेयरकाष्ट इनिसियटिभका अध्यक्ष मधु आचार्यले नेपाली पत्रकारिताको वर्तमान संक्रमणको अवस्थाबारे आ–आफ्नो प्रस्तुति दिनुभएको छ भने यस छलफलको सहजीकरण गर्दै हुनुहुन्छ मिडियाको नीति र कानुका अध्येता अधिवक्ता सञ्जीव घिमिरे र फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल । यस पडकाष्टको सुरुमा : नेपालमा सञ्चार उपभोक्ताहरुको निरन्तर अध्ययन गर्दै आउनुभएका मधु आचार्यले अहिलेको परिदृष्यवारे प्रकाश पार्दै हुनुहुन्छ । सुनौं: