Freedom Chautary
Freedom Chautary
७. मधेस तथा थरूहट आन्दोलनका क्रममा मारिएका पत्रकारका परिवारको पिडा ।
/

सीमांकको विरोधमा तत्कालीन मधेसी मोर्चाले थालेको आन्दोलनको समाचार संकलन गर्न २०७२ साल भदौ २३ गते महोत्तरी सदरमुकाम जलेश्वर पुगेका १७ वर्षिय युवा पत्रकार रोहन चौधरीले प्रहरीको गोली लागेर ज्यान गुमाए र सोही आन्दोलन एकै परिवारका अर्का सदस्य ६० वर्षीय रेडक्रसकर्मी तथा क्रियाशील पत्रकार गणेश चौधरीको पनि ज्यान गयो । तर आजसम्म पिडित् परिवारले न्याय पाएको छैन ।
फ्रिडम फोरमको प्रस्तुती फ्रिडम चौतारी पोडकाष्टको यो अर्को भाग । आज पनि हामी द्धन्द्धकालीन नेपाली प्रेस र द्धन्द्धका नाममा स्वतन्त्र प्रेस माथि भएका निर्लज्ज हमलाको प्रसंगहरु जोड्दै छौं । माओवादी सशस्त्र द्वन्द्व सुरु भएयता मारिएका तथा बेपत्ता पारिएका पत्रकार एवं सञ्चारकर्मीमध्ये धेरै पत्रकारको हत्याको घटनाबारे अझै अनुसन्धान भएको छैन ।