Freedom Chautary
Freedom Chautary
112. दीगो विकास : पत्रकार सुरक्षा र सूचनाको हक
/

फ्रिडम चौतारी पडकाष्टमा आजको बहस स्वतन्त्र प्रेसको सुरक्षा र सूचनामा आम पहूँचको विषय दीगो विकासको लक्ष्य हासिल गर्ने एक प्रमुख आधार हो भन्नेमा केन्द्रीत गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मका लागि १६ वटा लक्ष्य र १६९ वटा गन्तव्यसहितको दीगो विकास लक्ष्य घोषणा गरेको ६ वर्ष भैसक्यो । सो लक्ष्यको १६ औं बुँदा मुख्यत स्वतन्त्रता, शान्ति, समानता, न्याय र समावेशी लोकतान्त्रिक समाज र शासकीय प्रणालीको सुनिश्चिताको सन्दर्भमा केन्द्रीत छ । विकास भनेको भौतिक पूर्वधार र उत्पादन मात्र होइन, त्यो मानव केन्द्रीत हुनुपदर्छ र न्यायपूर्ण र शान्तिपूर्ण समाजको लक्ष्य पुरा गर्ने हुनुपर्दछ भन्ने यो लक्ष्यको सार हो । सोही लक्ष्यका १० वटा मुख्य गन्तव्य छन् भने गन्तव्य नं १० का प्रमुख दुईवटा विषय छन् एउटा हो पत्रकार र सञ्चारकर्मीहरुको लागि सुरिक्षत वातावरणको प्रत्याभूति गर्नु र अर्कोहो सूचनाको हकबाट कोही पनि बञ्चित नहोस् ।

आजको फ्रिडम चौतारी पडकाष्टको ११२ औं अंकमा हामी यसै सन्दर्भको एउटा बहस प्रस्तुत गर्दै छौं । यो बहसलाई सहजीकरण गर्दै हुनुहुन्छ वरिष्ठ पत्रकार तारानाथ दाहाल :