Freedom Chautary
Freedom Chautary
119. नेपालमा प्रेस स्वतन्त्रताको अवस्था
/

आज हामी सन् २०२१ मा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो रह्यो भन्ने विषयमा छतलफल गर्दै छौं ।

यस वर्ष पनि नेपालमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रताको अवस्था चुनौतिपूर्ण नै रह्यो । फ्रिडम फोरमद्धारा गरिएको अनुगमनको प्रतिवेदन अनुसार यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटना घटे जसबाट ८३ जना सञ्चारकर्मी प्रत्यक्षरुपमा प्रभावित भए भने कयौं मिडियाकर्मी अप्रत्यक्ष रुपमा प्रभावित भएको पाइएको छ ।

समग्रतामा प्रेस स्वतन्त्रता उल्लघंनका घटना के–कस्ता रहे र प्रेस स्वतन्त्रतालाई असर पार्ने अन्य कानुनी तथा प्रवृत्तिगत समस्याहरु के–के रहे यस पडकाष्टमा हामी छलफल गर्दै छौं । छलफलमा हुनुहन्छ फ्रिडम फोरमका प्रेस स्वतन्त्रता अनुगमन संयोजक नारायण घिमिरे र उहाँको साथमा हुनुहुन्छ मिडिया मनिटरिङ अफिसर नानुमैयाँ खड्का र सुरज राय । सुनौं फ्रिडम चौतारी पडकाष्टको ११९ औँ श्रृंखला :