Freedom Chautary
Freedom Chautary
118. लोकतन्त्रमा खुला सरकार, त्यसमा नागरिक आवाज र सहभागिता
/

लोकतन्त्र र लोकतान्त्रिक शासन भनेको आम मानिसको आवाज सुनिने र उनीहरुलाई सहभागी गराउने प्रणाली हो । तर, अहिले संसार भरी नै सार्वजनिक मामिलामा नागरिकको आवाज र उनीहरुको सहभागिताको अवस्था कमजोर पारिएको छ । Civic Space का लागि प्रशस्त अवसर सुनिश्चित नभएको प्रणालीलाई नै अधिनायकवादी शासन भनिन्छ ।

अहिले खुला र उदार समाजमा विश्वास गर्ने लोकतान्त्रिक देशहरु हुन् वा कठोर शासन प्रणाली भएका अधिनायकवादी सरकार रहेका देशहरु हुन्, सबैतिर Civic Space खुम्चिएको छ ।नेपालमा पनि नागरिक समाज र आम मानिसहरुको आलोचनात्मक आवाज र गुनासा एवं मागहरुलाई राज्यले बेवास्ता गर्ने र सुन्न नचाहने प्रवृत्ति बढेर गएको छ ।

सरकारहरु परिर्वतन पछि पनि राज्यको यस्तो स्वभावमा खासै फरक आउन सकेको छैन । यस सन्दर्भमा, आज हामी फ्रिडम चौतारी पडकाष्टको यस अंकमा Civic Space रPublic Participation अर्थात सार्वजनिक मामिलामा नागरिक स्वतन्त्रता र सहभागिता बारेको एक महत्वपूर्ण छलफललाई प्रस्तुत गर्दै छौं ।

खुला सरकार साझेदारी अर्थात Open Government Partnership को गत डिसेम्बर १५ मा सम्पन्न ७ औं विश्व सम्मेलन समारोहमा भएको छलफलले विश्वभरी नै Civic Space र Public Participatio को अवस्था बारे के कस्ता चुनौति छन् र त्यसले खुला सरकारको संस्कृति प्रवृद्धनमा कस्तो असर पारिरहेको छ भन्ने बुझ्न सघाउछ भन्ने लाग्दछ ।

यस छलफलमा विषय प्रस्तुत गर्दै हुनुहुन्छ – चर्चित भारतीय नागरिक अभियन्ता अरुणा रोय र अमेरिकी सरकारको अन्तराष्ट्रिय विकास सहयोग नियोगकी निर्देशक समान्ता पावर । उहाँहरुको साथ विश्वका अन्य चर्चित नागरिक अभियन्ताहरुको धारणा समेटिएको फ्रिडम चौतारी पडकाष्टको यो ११८ अंक सुनौं :