Freedom Chautary
Freedom Chautary
९. दण्डहिनता कै कारण शान्ति प्रक्रियापछि मारिएका दाङका सञ्चार उद्यमी देवीप्रसाद धितालका परिवारका पिडाहरु ।
/

फ्रिडम फोरमको प्रस्तुती फ्रिडम चौतारी पोडकाष्टको यो अर्को भाग । आज पनि हामी द्धन्द्धकालीन नेपाली प्रेस र द्धन्द्धका नाममा स्वतन्त्र प्रेस माथि भएका निर्लज्ज हमलाको प्रसंगहरु जोड्दै छौं । फरक फरक आंकडाका बीच, २०५२ देखि २०६३ मङ्सिर ५ अर्थात विस्तृत शान्ति सम्झौता हुंदाको दिनसम्म १४ जना पत्रकार मारिएको विवरण फ्रिडम फोरमले संकलन गरेको छ । तर पनि बिस्तृत शान्ति सम्झौता पछि पनि पत्रकार तथा सञ्चारकर्मी मारिने अथवा बेपत्ता हुने क्रम भने रोकिएन । यो बीचमा नेपाल पत्रकार महासङ्घले हत्या भएका र बेपत्ता पारिएका पत्रकार तथा सञ्चार उद्यमीका बारेमा अनुसन्धान गर्न आफ्नो अभिलेखमा रहेको यससम्वन्धी सबै घटना, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सामूहिक उजुरी दर्ता गरेको छ । सोही उजुरी सूचीमा रहेका दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल…। सञ्चारउद्यमी धितालको हत्या भएको आठ वर्ष बितेको छ । तर हत्या कसले र किन ग¥यो भन्ने प्रश्न अनुत्तरित छ ।