Freedom Chautary
Freedom Chautary
101. नेपाली मिडियाको विषयवस्तु विमर्श
/

गत मंसिर २० गते शनिबार एन्टेना फाउण्डेसनको प्रस्तुति नेपाल चौतारीमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र किरण नेपाल बीच नेपाली मिडियाको विषयवस्तु र कोभिड– १९ को महामारीको सन्दर्भमा नेपाली पत्रकारिताको प्रस्तुति लगायतका विषयमा लामो कुराकानी भएको थियो ।

देशका दुईसय भन्दा बढी स्थानीय रेडियोहरुबाट प्रशारण भएको सो कुराकानीबाट समसामयीक नेपाली पत्रकारितामा समाचारका विभिन्न पक्षहरुबारे भैरहेको अभ्यासबारे बुझ्न सकिन्छ । आजको फ्रिडम चौतारी पडकाष्टको १०१ औं अंकमा उक्त कुराकानीलाई प्रस्तुत गर्न गैरहेका छौं । सुनौ, वरिष्ठ पत्रकारहरु दाहाल र नेपालबीचको समसामयीक मिडिया संवाद आजको पडकाष्टमा |