Freedom Chautary
Freedom Chautary
117. खुला सरकार साझेदारीको दश वर्ष
/

लोकतन्त्र र लोकतान्त्रिक शासनलाई नियमित रुपमा नयाँ–नयाँ आविस्कारद्धारा पुर्नताजगी र सुधार गर्दै लैजान ओपन गर्भनमेन्ट पार्टनरसीप ¬(खुला सरकार साझेदारी) स्थापना भएको दश वर्ष पुरा भएको छ । यस विश्व अभियानमा अहिले संसारका ८० भन्दा धेरै देशको सरकारहरु र स्थानीय सरकारहरु साथै नागरिक समाजका हजारौं संस्थाहरु आवद्ध भएर खुला सरकारको आन्दोलनलाई अगाडि बढाइरहेका छन् ।

पारदर्शीता, नागरिक सहभागिता र सूचनाको प्रविधिको र्सिजनशील प्रयोगद्धारा खुला सरकारको मान्यतालाई प्रर्वद्धन गर्दै सरकार र नागरिक बीच विश्वासपूर्ण अवस्थालाई सवल बनाउने र लोकतन्त्रलाई सार्थक बनाउने यस प्रयासको मूल लक्ष्य हो । यसका लागि सन् २०११ को सेप्टेम्बर ११ तारिखमा यो विश्व संस्थाको स्थापना गरिएको थियो । यस विश्व अभियानमा नेपाल सरकार भने अझै सामेल भएको छैन ।

खुला सरकार साझेदारी (Open Government Partnership) को २०२१ को विश्व सम्मेलन अघिल्लो साता दक्षिण कोरिया सरकारको आयोजनामा सम्पन्न भयो । महामारीको संकटले गर्दा यो वर्षको विश्व सम्मेलनका धेरैजसो कार्यक्रम भर्चुअल रुपमा आयोजना भए ।

फ्रिडम चौतारी पडकाष्टको यस शृङ्खलामा हामीले इउभल Open Government World Summit २०२१ को समुद्घाटन समारोहको अडियो रेकर्डलाई प्रस्तु गरेका छौं । डिसेम्बर १५ मा सम्पन्न सो समारोहको महत्वपूर्ण विचारहरु समेटीएको यस पडकाष्टको यस शृङ्खलालाई सुनौं ।