Freedom Chautary
Freedom Chautary
120. नेपालमा पत्रकारका लागि डिजिटल असुरक्षाको अवस्था
/

आजको युग डिजिटल युग हो । हाम्रा अभिव्यक्ति, सन्देश, प्रवाह आर्थिक क्रियाकलाप, पठनपाठन, मनोरञ्जन सबै डिजिटल माध्यमबाट हुन थालेका छन् । फोनको बढ्दो प्रयोग र फैलदो इन्टरनेटका कारण मानिसका विविध गतिविधि अन्लाइनमा हुन्छन् । नेपालमा पनि दिनहुँ लाखौं मानिस अनलाइन हुन्छन् । पत्रकारिता र मिडिया क्षेत्रमा काम गर्ने त अन्य व्यवसायका व्यक्ति भन्दा धेरै समय इन्टरनेटमै बिताउँछन् । सहज पहूँच र बढ्दो लोकप्रियताका कारण अनलाइन सञ्चार माध्यमको संख्या पनि ह्वात्तै बढेको छ । हुनत कोभिड–१९ को मारले पनि परम्परागत मिडिया कमजोर हुँदा डिजिटल मिडिया, नयाँ मिडिया, वैकल्पिक मिडियाका रुपमा उदाएका छन् । नेपालमा यतिबेला अनलाइन मिडियाहरुको संख्या तीनहजार भन्दा माथि छ । यसरी इन्टरनेटको बढ्दो प्रयोगसंगै डिजिटल मिडियाको बढोत्तरीले अभिव्यक्ति स्वतन्त्रताको प्रयोगमा र पत्रकारितामा सहजता भएपनि यो क्षेत्र चुनौतिरहित वा सुरक्षित भने छैन ।

आजको यो पडकाष्ट अनलाइन मिडियामा काम गर्ने पत्रकारहरुले भोगेका, महशुस गरेका अनलाइन सञ्चार माध्यमका सुरक्षा र चुनौतिका बारेमा केन्द्रीत छ । आजको यस फ्रिडम चौतारी पडकाष्टले डिजिटल मिडिया र पत्रकारलाई सुरक्षित राख्ने र व्यवसायीकता प्रर्वद्धन गर्ने बहसमा सघाउ पु¥याउने आशा गरेका छौं । डिजिटल पत्रकारितामा संलग्न १० जना पत्रकारहरुको अनुभव सुनौं आजको १२० औं अंकमा ।