Freedom Chautary
Freedom Chautary
125. नेपालमा प्रेस स्वतन्त्रता
/

आज हामी विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को सन्दर्भमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने विषयमा छलफल गर्दैछौं ।

यस वर्ष पनि नेपालमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण रह्यो । फ्रिडम फोरमद्वारा गरिएको अनुगमन प्रतिवेदन अनुसार यस ३ मे २०२१ देखि २ मे २०२२ सम्मको एक वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका ५५ घटना घटे । जसबाट ९६ जना सञ्चारकर्मी प्रत्यक्षरुपमा प्रभावित भए भने कयौं मिडियाकर्मी अप्रत्यक्ष रुपमा प्रभावित भएको पाइएको छ । यो तथ्यांकमा श्रम अधिकारसँग सम्बन्धित घटनाहरु समेटिएको छैन । सञ्चारकर्मीहरु माथि हुने विभिन्न भौतिक आक्रमण र अवरोध तथा दमनका घटनाहरु यसभित्र समेटिएका हुन् ।

समग्रतामा प्रेस उल्लंघनका घटना के–कस्ता रहे र प्रेस स्वतन्त्रतालाई असर पार्ने अन्य कानुनी तथा प्रवृत्तिगत समस्याहरु के–के रहे भन्ने विषयमा हामी यस आजको पडकाष्टमा प्रस्तुत गर्दैछौं । २०७९ वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा फ्रिडम फोरमले आयोजना गरेको छलफल कार्यक्रममा प्रस्तुत विषयहरु र सहभागीका विचारहरु आज यहाँ सम्पदन सहित प्रस्तुत गरिएको हो ।

आजको चर्चामा प्रेस स्वतन्त्रता र डिजिटल प्रविधिमा आएको व्यापक रुपान्तरणले सिर्जना गरेका चुनौतीका विषयलाई जोडेर छलफल भएको छ । सुनौं, विश्व प्रेस स्वतन्त्रता दिवस सम्बन्धी कार्यक्रमको सामाग्री समेटिएको फ्रिडम चौतारी पडकाष्टको १२५ औं श्रृंखला ।