Freedom Chautary
Freedom Chautary
135. नेपालमा प्रेस स्वतन्त्रताको अवस्था र चुनौती
/

संयुक्त राष्ट्रसंघीय साधारणसभाले सन् १९९३ मा यो दिवस मनाउन प्रत्येक सदस्य राष्ट्रलाई आह्वान गरेको थियो । यो वर्ष विश्वव्यापी रुपमा यो दिवसलाई “अधिकारको आगामी बाटोः अभिव्यक्ति स्वतन्त्रता सबै अधिकारहरुको बाहक” भन्ने नाराका साथ मनाइँदैछ । यो दिन पत्रकार तथा सञ्चारमाध्यम र सम्बन्धित सबै सरोकारवालाको लागि महत्वपुर्ण दिन हो । विभिन्न संघ संस्थाले यस दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरेका छन् ।

Reporters Without Borders (RSF) को प्रतिवेदन अनुसार विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशहरुमध्ये नेपाल ९५ औँ स्थानमा रहेको छ । सन् २०२२ मा नेपाल ७६ औँ स्थानमा रहेको थियो । प्रतिवेदनको अनुुसार अनुगमन गरिएका मध्ये ३१ देशमा प्रेस स्वतन्त्रताको अवस्था “धेरै गम्भीर“, ४२ मा “कठीन“, ५५ मा “समस्याग्रस्त“ र ५२ देशमा “राम्रो“ वा “सन्तोषजनक“ छ । दशमध्ये सात देशमा पत्रकारिताको वातावरण “खराब” छ भने दसमध्ये तीनमा मात्र सन्तोषजनक छ ।

त्यसैगरी, कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (CPJ) का अनुसार वर्ष २०२२ मा ६७ जना पत्रकारले जीवन गुमाएका थिए । त्यसमध्ये सबैभन्दा बढी युद्धग्रस्त युक्रेनमा १५ जना, मेक्सिकोमा १३ जना र हाइटीमा ७ जना मारिएका थिए ।

फ्रिडम फोरमले पनि एक कार्यक्रमको आयोजना गरेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनको अनुसार गत २०२२ मे देखि २०२३ अप्रिल अन्तिमसम्म गरिएको अनुगमनमा जम्मा ४० घटना रेकर्ड गरिएको थियो जसमा आठ महिला र चार मिडिया हाउससहित ७९ सञ्चारकर्मी प्रभावित भएका छन् ।

आजको पडकाष्टमा हामी यसै कार्यक्रमको केही अंश प्रस्तुत गर्दैछौँ । सुनौं फ्रिडम चौतारी पडकाष्टको १३५ औं अंक :