Freedom Chautary
Freedom Chautary
92. नेपालको सन्दर्भमा लोकतन्त्र र महामारी
/
कोभिड-१९ को महामारीमा नेपालको लोकतन्त्र मिचिएको छ। पारदर्शी, सहभागितामूलक र उत्तरदायी सरकारको शासन मार्फत महामारीबाट जनताले सुरक्षा पाउने अवस्था रहेन। जनस्वास्थ्य र जनजीविका दुवै गम्भिर संकटमा परेको मात्र छैन नागरिक स्वतन्त्रता पनि खलबलिएको छ।
लोकतन्त्रको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले नेपालमा लोकतन्त्र र नागरिक अधिकार कसरी दमनमा परेका छन भनेर एक बृहत् छलफल गरेको छ । आजको फ्रिडम चौतारी पडकाष्टमा सोही छलफललाई प्रस्तुत गरेका छौॅ ।

छलफलको सहजीकरण गर्दै हुनुहुन्छ- पत्रकार शिरोमणी ढुंगाना । अनि सहभागीहरु हुनुहुन्छ- वरिष्ठ पत्रकार तारानाथ दाहाल र चन्द्रकिशोर तथा अधिकारकर्मी भारती सिल्वाल गिरी ।उहाॅहरु तीनै जना नेपालको लोकतन्त्रिक आन्दोलनका चिरपरिचित संघर्षशील व्यक्तित्वहरु हुनुहुन्छ।