Freedom Chautary
Freedom Chautary
98. पत्रकार सुरक्षा र दण्डहीनताको निरन्तरता
/

सशस्त्र द्धन्दको बेलाबाट यता देशको राजनीतिमा क्रमश सुधार आएपनि विगतको द्वन्द्वमा पीडित भएका पत्रकार तथा उनीहरुको परिवारले पाउनुपर्ने न्यायको प्रत्याभूति अझै हुन सकेको छैन । अझ पत्रकार माथि हुने हिंसाको घटनामा केही वर्ष यता बढोत्तरी हुन थालेको छ । दण्डहीनताको संस्कृति मौलाई रहेको छ ।

हरेक वर्ष नोभेम्बर २ लाई पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाइदैं आइएको छ । पत्रकार तथा मिडियाकर्मी विरुद्ध हुने अपराधसम्बन्धी दन्डहीनता अन्त्य गर्नका लागि विश्वभर ऐक्यवद्धता जरुरी छ ।

सन् २००९ मा फिलिपिन्सको एम्पातुयन हत्याकाण्ड (मागुइडानो हत्याकाण्ड) मा मारिएका ३२ पत्रकार तथा मिडियाकर्मीको सम्झनामा विश्वभरका अभिव्यक्ति स्वतन्त्रताप्रेमी संघसंस्थाले गरेको वकालतको परिणामस्वरुप संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ देखि यो दिवसलाई संसारभर मनाउने निर्णय गरेको थियो ।

विगत एक दशक देखि नेपालमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको हक हितका लागि काम गर्दै आएको फिडम फोरमले यो वर्ष डिजिटल संवाद आयोजना ग¥यो । फ्रिडम चौतारी पडकाष्टको ९८.अंकमा सो संवादलाई समेटिएको छ । यस संवादको सहजीकरण गर्दै हुनुहुन्छ वरिष्ठ पत्रकार तारानाथ दाहाल । सुनौं सो संवाद आजको पडकाष्टमा ।