Freedom Chautary
Freedom Chautary
३. द्धण्डहिनता बढ्नुमा को जिम्मेवार ? नागरिक अगुवा–प्रेस तथा वाक स्वतन्त्रताका अभियान्ताहरुको अनुभव ।
/

फ्रिडम पोडकाष्टमा हामी समग्रमा द्धन्द्धकालीन पत्रकारिता र नेपाली समाजले भोगेको अत्यासलाग्दो चुनौतीहरु जोड्दै छौं । हुन त नेपाली हिजो जुन चुनौतीको चौघेरामा थियो, आज पनि त्यस्तै त्यस्तै प्रकृतिको चुनौतीसंग जुधीरहेको छ । फरक यति हो, हिजो मुलुकमा सशस्त्र युद्ध थियो र राज्य पनि धेरै हदसम्म निरंकुश थियो । तर अहिले सशस्त्र युद्धको अवस्था छैन र संबैधानीक कानुनी रुपमा राज्य निरंकुश पनि छैन । तर व्यवहारीक रुपमा पत्रकारीता कर्म गर्दा, नेपाली प्रेस अहिले पनि डर, त्रास, धम्कीकै अवस्थामा छ । न बेपत्ता हुने क्रम रोकीएको छ न पेवत्ता पारिएकाहरुको अवस्था नै पत्ता लागेको छ ।