Freedom Chautary
Freedom Chautary
४. सशस्त्र द्धन्द्धका बेला बिद्रोही माओवादीको आधार इलाकामा समाचार संकलन गर्दाको अनुभव ।
/

२०५७ सालमा तत्कालीन माओवादीले दोलखामा जनसरकार घोषणा गर्दाको हो ।। २०५२ साल फागुन १ गते देखि मुलुकमा सुरु भएको सशस्त्र युद्धको रापबाट राज्यका धेरै निकाय पिल्छिरहेका थिए । ग्रामिण क्षेत्रमा राज्यको उपस्थिति सुन्य प्राय बन्दै थियो । पटक पटक परिवर्तन भइरहने सरकार, तत्कालीन राज दरवारको दाउपेच । माओवादीको शसस्त्र युद्ध, भौतिक तथा मानसिक आक्रमणका कारण स्थानीय निकाय प्रभावहिन बनिरहेको बेला, २०५७ सालताका माओवादीले भुमिगत अवस्था मै देशभर समानान्तर सरकार घोषणा गरिरहेको थियो । यही समानान्तर सत्ताको निरन्तरता दोलखामा साउन अन्त्मि साता माओवादीले जनसरकार घोषणा गर्ने तयारी गरेको रहेछ । माओवादी निकट रहेर मूलधारका सञ्चार माध्यममा समाचार संप्रेषणमा सहजीकरण गर्ने सञ्चारकर्मी कै चांजो पांजोमा काठमाडौबाट पत्रकारको एक टोली दोलखा तर्फ लाग्यो ।