Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

EP 84 • Freedom Chautary

84. महामारीमा : कानुनको शासन, न्याय र मानव अधिकार

कोरोना भाईरसको महामारीलाई सम्बोधन गर्ने क्रममा संसारका धेरै देशहरुले कानूनी शासनको मान्यता र मानव अधिकारका साश्वत पक्षहरुलाई कमजोर पार्ने गल्ती गरेका छन । जनस्वास्थ्यको बिपत्तीबाट आम-नागरिकहरुलाई बचाउनु जिम्मेवार राज्यको पहिलो कर्तव्य हो । तर, यो बिपत्तीको सामना गर्दा सरकारले पारदर्शी, उत्तरदायी र जबाफदेही शासनको मर्मलाई जोगाउदै कानूनी शासनको अवधारणाबाट बिचलित नभै काम गर्नु पनि उत्तिनै महत्वपूर्ण हुन्छ । जस्तो सुकै आपत परेपनि न्याय नमरोस भनेर सचेत रहनु नै असल राज्यको धर्म पनि हो । कोरोना संक्रमणलाई रोक्न र आम समुदायलाई संक्रमणबाट जोगाउन धेरै राज्यहरुले बन्दाबन्दी अर्थात लकडाउनको उपाए अवलम्बन गरे र गरीरहेका पनि छन । हाम्रो देशमा पनि करिब तीन महिना देखि लकडाउन जारी छ । सरकारको ठाडो आदेश पछि गरिएको लकडाउनले आमनागरिकको दैनिकी मात्र होईन कतिपय राज्यका संयन्त्रहरु समेत निस्कृय हुन पुगे । यो बेला जता पनि सरकार अर्थात कार्यकारी मात्र देखियो । यो अवस्थामा मानव अधिकारको संवेदनशील पक्ष निकै प्रभावित भयो । कानूनी शासन अर्थात Role Of Law को मान्यतामा कुठराघात भयो । यसबारे हाम्रो देशको सन्दर्भमा कस्तो भयो त ? आजको फ्रिडम चौतारी पडकास्टको ८४ औं अंकमा हामी यस सम्बन्धि एक गहन बहसलाई प्रस्तुत गर्दैछौ । सेन्टर फर रुल अफ ल, नेपालका सकृय कानून व्यवसायीहरुको एउटा संस्था हो । यो संस्थाले गत शनिबार जेठ ३१ गते यस बिषयको बहस चलाएको थियो । यस बहसमा Key Note Speaker का रुपमा हुनुहुन्छ  नेपालका पूर्व प्रधान न्यायधिश कल्याण श्रेष्ठ । अनि बहसमा हुनुहुन्छ राष्टिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी र नागरिक स्वतन्त्रताका अभियान्ता बरिष्ठ पत्रकार तारानाथ दाहाल । यो बहसको सहजीकरण गर्दै हुनुहुन्छ अधिबक्ता नारायण भट्टराई । र, छलफलमा अरु सचेत बौद्धिक नागरिकहरु पनि हुुनुहुन्छ । सुनौ: महामारीमा न्याय र मानव अधिकार बिषयको एक महत्वपूर्ण बहस|

0 51
0:00 0:00