Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

EP 102 • Freedom Chautary

102. सन् २०२० को समीक्षा र नेपाली प्रेसका चुनौतीहरु

यस अंग्रेजी वर्ष २०२० मा कोभिड–१९ को महामारी बीच विभिन्न क्षेत्रसंगै सञ्चार क्षेत्रपनि निकै प्रभावित हुन पुग्यो । सञ्चारकर्मीहरुले पनि निकै समस्या र चुनौतीको सामना गर्नुप¥यो । तथापी, पत्रकारहरु महामारीको बीचमा पनि अग्रपंतीमा रहेर आफ्नो काममा जुटिनैरहे । आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा यस वर्ष पनि नेपाली सञ्चारकर्मीहरुले विभन्न किसिमका अतिक्रमणको सामना गर्नुपर्यो । फ्रिडम फोरमको अनुगमन डेस्कको तथ्यांक अनुसार नेपालमा सन् २०२० जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा ९६ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरु भए । अघिल्लो वर्ष २०१९ को तुलनामा यो संख्यामा केही कम भएतापनि नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा भने खासै सुधार भएको मान्न सक्ने अवस्था छैन । २०२० मा घटेका ९६ वटा प्रेस स्वतन्त्रता विरुद्धका घटनामा १६ पत्रकार महिलासहित १६७ पत्रकारहरु प्रत्यक्ष रुपमा पीडित भए । उल्लेखित घटनामध्ये ५० प्रतिशत भन्दा बढी घटना कोभिड महामारीको कारणले भएको लकडाउनको समयमा घटेका थिए । कुल घटनामध्ये सबैभन्दा बढी प्रेस स्वतन्त्रता हननका घटना बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशमा घटेका २७ घटनाबाट ३४ जना पत्रकार प्रभावित  भएका थिए । त्यस्तै, प्रदेश २ मा १८ वटा घटनामा ६५ सञ्चारकर्मी प्रभावित बने । यी दुई प्रदेश सञ्चारमाध्यम र पत्रकारहरुको संख्या धेरै रहेका क्षेत्र पनि हुन । समाचार सम्प्रेषणको क्रममा कुल १६७ प्रभावित सञ्चारकर्मी मध्ये ७० जना सञ्चारकर्मी विभिन्न छापा माध्यमसंग आवद्ध थिए भने ३९ जना अनलाइन माध्यममा आवद्ध थिए । प्रभावित मध्ये ५८ जना सञ्चारकर्मी समाचार संकलनका क्रममा आक्रमणमा परेका हुन भने ३६ जना समाचार प्रकाशन–प्रशारण पछि भएका  विभिन्न किसिमको आक्रमणमा परेका थिए । यो पृष्ठभूमिको चर्चासंगै फ्रिडम चौतारी पडकाष्टको आजको अंकमा हामी एक महत्वपूर्ण विश्लेषण  सामाग्री प्रस्तुत गर्दैछौ । नेपाली मिडियाका लागि सन् २०२० कस्तो रह्यो त  भन्नेबारेमा गरिएको सो विश्लेषण २०७७ पुस २० गते नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ । क्यानडामा प्राध्यापनरत नेपाली बौद्धिक व्यक्तित्व एवं मिडियाका अध्येता श्री भानुभक्त आचार्यले गर्नुभएको सो विश्लेषण सुनौं, उहाँकै आवाजमा :

0 217
0:00 0:00