Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

EP 135 • Freedom Chautary

135. नेपालमा प्रेस स्वतन्त्रताको अवस्था र चुनौती

संयुक्त राष्ट्रसंघीय साधारणसभाले सन् १९९३ मा यो दिवस मनाउन प्रत्येक सदस्य राष्ट्रलाई आह्वान गरेको थियो । यो वर्ष विश्वव्यापी रुपमा यो दिवसलाई “अधिकारको आगामी बाटोः अभिव्यक्ति स्वतन्त्रता सबै अधिकारहरुको बाहक” भन्ने नाराका साथ मनाइँदैछ । यो दिन पत्रकार तथा सञ्चारमाध्यम र सम्बन्धित सबै सरोकारवालाको लागि महत्वपुर्ण दिन हो । विभिन्न संघ संस्थाले यस दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरेका छन् । Reporters Without Borders (RSF) को प्रतिवेदन अनुसार विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशहरुमध्ये नेपाल ९५ औँ स्थानमा रहेको छ । सन् २०२२ मा नेपाल ७६ औँ स्थानमा रहेको थियो । प्रतिवेदनको अनुुसार अनुगमन गरिएका मध्ये ३१ देशमा प्रेस स्वतन्त्रताको अवस्था “धेरै गम्भीर“, ४२ मा “कठीन“, ५५ मा “समस्याग्रस्त“ र ५२ देशमा “राम्रो“ वा “सन्तोषजनक“ छ । दशमध्ये सात देशमा पत्रकारिताको वातावरण “खराब” छ भने दसमध्ये तीनमा मात्र सन्तोषजनक छ । त्यसैगरी, कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (CPJ) का अनुसार वर्ष २०२२ मा ६७ जना पत्रकारले जीवन गुमाएका थिए । त्यसमध्ये सबैभन्दा बढी युद्धग्रस्त युक्रेनमा १५ जना, मेक्सिकोमा १३ जना र हाइटीमा ७ जना मारिएका थिए । फ्रिडम फोरमले पनि एक कार्यक्रमको आयोजना गरेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनको अनुसार गत २०२२ मे देखि २०२३ अप्रिल अन्तिमसम्म गरिएको अनुगमनमा जम्मा ४० घटना रेकर्ड गरिएको थियो जसमा आठ महिला र चार मिडिया हाउससहित ७९ सञ्चारकर्मी प्रभावित भएका छन् । आजको पडकाष्टमा हामी यसै कार्यक्रमको केही अंश प्रस्तुत गर्दैछौँ । सुनौं फ्रिडम चौतारी पडकाष्टको १३५ औं अंक :

1 382
0:00 0:00