Search

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

बजेट पारदर्शितामा नेपालको अङ्क ५०: खुला बजेट सर्वेक्षण २०२३ सार्वजनिक

जेठ १७, २०८१ बजेट पारदर्शिताको मापन गर्ने विश्वव्यापी खुला बजेट सर्वेक्षणको प्रतिवेदन-२०२३ मा नेपालको बजेट पारदर्शिताको अङ्क ५० देखिएको छ । सर्वेक्षण गरिएका १२५ देशमध्ये नेपाल ५८ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय बजेट साझेदारी (आइबिपी) ले हिजो मे २९ मा जारी गरेको सो प्रतिवेदनमा १२५ देशको सन् २०२२ को राष्ट्रिय बजेटका आधारमा गरिएको सो विश्वव्यापी सर्वेक्षणका नतिजाहरू प्रकाशन भएका छन् । नेपालले खुला बजेट सर्वेक्षणका मुख्य तीन खम्बामध्ये बजेट पारदर्शिताको अवस्थामा सयमा ५० अङ्क पाए पनि बजेटको निगरानीमा ४६ अङ्क र बजेट प्रक्रियामा जनसहभागिताको अवस्थामा ३१ अङ्क मात्रै प्राप्त गरेको छ । खुला बजेट सर्वेक्षणमा ६१ अङ्क वा सो भन्दा बढी प्राप्त भएमा मात्र सो सम्बन्धी देशको बजेटको सन्दर्भमा सुसूचित सार्वजनिक बहसका लागि पर्याप्त सामाग्री प्रकाशन गरिएको मानिन्छ । यस सर्वेक्षणमा बजेट चक्र अन्तरगतका आठ बजेट दस्ताबेजहरूको अनलाइन माध्यममा उपलब्धता, सूचनाको गुणस्तरीयता र समयबद्धतासँग सम्बन्धित १०९ सूचकहरूमा लेखाजोखा गरिन्छ । हरेक दुई वर्षमा सार्वजनिक हुने यो सर्वेक्षण प्रतिवेदन नवौँ संस्करण हो । यस अगाडि २०२१ मा जारी भएको प्रतिवेदनमा नेपाल ७७औँ स्थानमा थियो ।  सर्वेक्षणको सातौँ संस्करणमा भने नेपाल  ६५ औँ स्थानमा थियो । नेपालको बजेट पारदर्शिताको अवस्थामा थोरै सुधार भए पनि विश्वव्यापी रूपमा ‌औसत ६१ अङ्क ल्याउनुपर्ने चुनौती भन्दा धेरै पछाडि देखिएको छ । खुला बजेट सर्वेक्षणमा बजेटका ८ दस्ताबेजका रूपमा पूर्व बजेट विवरण, कार्यकारी बजेट प्रस्ताव, अनुमोदित बजेट दस्ताबेज, नागरिक बजेट, वार्षिक प्रतिवेदन, मध्यावधि समीक्षा, चौमासिक आवधिक प्रतिवेदनहरू र लेखा परीक्षण प्रतिवेदनहरूसँग सम्बन्धित विभिन्न प्रश्नावलीहरूको सूचना र विश्लेषण समावेश हुन्छ । नेपालले यो वर्ष अभ्यासमा ल्याएको पूर्व बजेटसँग सम्बन्धित विवरण यस प्रतिवेदनमा नसमेटिएको भए पनि यस अगाडि गरिने पूर्व बजेट विवरणको दस्ताबेज र नागरिक बजेटको अभ्यासलाई नेपालले आत्मसात् नगरेको प्रतिवेदनले उल्लेख गर्दै आएको छ । यस विश्वव्यापी सर्वेक्षणको सरदर नतिजा पनि निकै कम छ । १२५ देशमध्येबाट औसत अवस्थाको अङ्क ४५ मात्र रहेको छ भने दक्षिण एसियाली राष्ट्रहरूमध्ये बजेट पारदर्शितामा भारतको अङ्क ५१, श्रीलङ्काको ३७, बङ्गलादेशको ३७ र पाकिस्तानको ३० मात्र छ । समग्रमा दक्षिण एसियाका देशहरू बजेट पारदर्शितामा अपर्याप्तताको स्थितिमा छन् । यस प्रतिवेदनले बजेट पारदर्शिताको अवस्था सुधारका लागि विभिन्न सात वटा सुझावहरू दिएको छ भने नेपालले निकै कम अङ्क पाएको बजेटमा जनसहभागिताको स्थितिमा सुधार ल्याउन विभिन्न आठ वटा र बजेटको निगरानी गर्ने संसद्का लागि चार वटा तथा महालेखापरीक्षक कार्यालयका लागि तीन वटा सुझाव दिएको छ । निगरानीकर्ता निकायमध्ये महालेखापरीक्षकको निगरानीमा नेपालले ६७ अ‌ङ्क पाएको छ जुन पर्याप्त मानिन्छ भने स‌ंसदीय निगरानीमा मात्र ३६ अ‌ङ्क पाएर बजेटमा स‌ंसद्को भूमिका निकै अप्रभावकारी रहेको देखाएको छ । यो विश्वव्यापी सर्वेक्षणमा नेपालको तर्फबाट नागरिक संस्था फ्रिडम फोरमका सार्वजनिक वित्त अनुसन्धानकर्ताहरू समावेश थिए भने प्रतिवेदनको प्रश्नावलीमा राखिएका सूचनाहरूको स्वतन्त्र विज्ञ र अर्थ मन्त्रालयका अधिकारीहरूले औपचारिक पुनरावलोकन पनि गरेको जानकारी प्रतिवेदनमा उल्लेख छ । खुला बजेट सर्वेक्षण २०२३ प्रतिवेदन को लागि https://internationalbudget.org/open-budget-survey/open-budget-survey-2023 खुला बजेट सर्वेक्षण नेपाल २०२३ पुरा प्रतिवेदनका लागि: अङ्ग्रेजी – https://freedomforum.org.np/download/obs-nepal-2023-english/ नेपाली – https://freedomforum.org.np/download/obs-nepal-2023-nepali/   थप जानकारीको लागि फ्रिडम फोरम थापाथली, काठमाडौँ info@freedomforum.org.np

You might be interested: