Search

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

काठमाडौंमा राजतन्त्र समर्थकहरुको प्रदर्शनमा एक पत्रकारको हत्या, अर्का घाइते, र सञ्चारगृहमा तोडफोड

चैत १५ गते संघीय राजधानी काठमाडौंमा राजतन्त्र समर्थक प्रदर्शनकारीहरूले आयोजना गरेको विरोध प्रदर्शनमा एक पत्रकारको मृत्यु र अर्का पत्रकारमाथि आक्रमणसहित प्रेस स्वतन्त्रताको उल्लंघनका क्रूर घटनाहरूबाट फ्रिडम फोरम दुखित भएको छ । प्रदर्शनकारीहरूले सञ्चारगृहमा तोडफोड, पत्रकारमाथि आक्रमण गर्नुका साथै तीनकुनेमा आयोजित विरोध प्रदर्शनमा एक पत्रकारको जिउँदै जलाएर हत्या गरे । राजतन्त्रवादी समूहहरूले राजतन्त्र र हिन्दु राज्यको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन आयोजना गरेका थिए । प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा जबरजस्ति प्रवेश गरेपछि प्रहरीसँग झडप भएको थियो । त्यसपछि प्रहरीले भीड तितरबितर गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेपनि स्थिति नियन्त्रणमा आउन सकेन । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा रहेका सञ्चारगृह– अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालय तोडफोड गरे । उनीहरूले अन्नपूर्ण पोस्टको कार्यालयमा पनि आगो लगाउन प्रयास गरेका थिए । घटनामा दुवै भवनका झ्यालका सिसाहरू फुटेका थिए । सोही घटनामा प्रदर्शनकारीले तीनकुनेमा रहेको एक भवनमा आगो लगाएका थिए । भवनभित्रबाट आन्दोेलनको रिपोर्टिङ्ग गरिरहेका एभिन्यूज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भयो । घटनास्थलमा रहेका सहकर्मी पत्रकारहरूका अनुसार, पत्रकार रजकले प्रदर्शनकारीहरूले आगो लगाएको भवनबाट विरोध प्रदर्शनको लाइभ कभरेज गरिरहेका थिए । त्यसैगरी, अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि प्रदर्शनकारीहरूले आक्रमण गरे, जसका कारण उनको खुट्टा भाँचियो, पत्रकार गौतमले प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेको तस्वीर खिच्दै थिए । यसैक्रममा उनीहरूले हिमालय टेलिभिजनको गाडीमा पनि ढुंगा हानेर गाडि तोडफोड गरे । यी घटनाहरूपछि, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रभावित क्षेत्रहरूमा चैत्र १६ गते बिहान ७ बजेसम्म कर्फ्यू आदेश जारी गर्यो । फ्रिडम फोरम मिडिया र पत्रकारहरूमाथिको आक्रमणको कडा निन्दा गर्दछ । संविधानले प्रत्येक व्यक्तिलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार सुनिश्चित गरे तापनि यस्ता हिंसात्मक गतिविधिहरू निन्दनीय छन् । पत्रकारहरूले विरोध प्रदर्शनको रिपोर्टिङ्ग गर्ने क्रममा पटक पटक प्रदर्शनकारी र सुरक्षाकर्मी दुवै पक्षबाट यस्ता आक्रमणको जोखिम सामना गर्नुपरेको छ । फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल भन्नुहुन्छ, “चैत १५ को घटनामा सञ्चारकर्मीको मृत्यु होइन, हत्या भएको हो, नेपालको सञ्चार इतिहासमा कालो दिनको रुपमा यो घटना थपिएको छ, यो क्रुर घटना हो ।” फ्रिडम फोरम यस घटनाको निष्पक्ष छानबिन गरि दोषिलाई कारबाही गर्न सम्बन्धित पक्षलाई जोडदार माग गर्दछ । साथै, प्रशासन र प्रदर्शनकारीहरूलाई पत्रकारको स्वतन्त्र रिपोर्टिङको अधिकारको सम्मान गर्न र उनीहरुको पर्याप्त सुरक्षाको सुनिश्चितता गर्न बारम्बार आग्रह गर्दछ । फ्रिडम फोरम सञ्चारगृह र पत्रकारहरूलाई पनि भविष्यमा यस्ता हिंसात्मक विरोध प्रदर्शनका क्रममा पर्याप्त सुरक्षा सामग्री प्रयोग गर्न र सुरक्षित स्थानबाट रिपोर्टिङ गर्न आग्रह गर्दछ ।

You might be interested: