Search

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

सर्बोच्च अदालतको पछिल्लो फैसलाको सम्बन्धमा बृहद् नागरिक अभियान नेपालको संयुक्त बिज्ञप्ति 

सर्बोच्च अदालतको पछिल्लो फैसलाको सम्बन्धमा लोकतन्त्र र संविधानको रक्षाको लागि बृहद् नागरिक अभियानको संयुक्त बिज्ञप्ति २०७८ असार २९ गते लोकतन्त्र र संविधानको रक्षाको लागि बृहद नागरिक अभियान नेपालले निरन्तर निगरानी र खबरदारी गर्दै आएको छ । यस सन्दर्भमा गैरसंवैधानिक र स्वेच्छाचारी ढंगले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट दोश्रो पटक प्रतिनिधि सभा भंग गर्ने  र संविधानको धारा ७६(५) बमोजिम स्पष्ट बहुमत प्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री बन्न रोक्ने कदमको बिरुद्धमा मिति २०७८ असार २८ गते सम्मानित सर्बोच्च अदालतले जारी गरेका परमादेश र फैशलाले मुलुकको लोकतन्त्र, संबिधान र संसदको गरीमालाई संरक्षण गरेको हाम्रो निश्कर्ष रहेको छ । मुलुकमा अलोकतान्त्रिक गतिविधि एवं स्वेच्छाचारिता रोक्ने सर्बोच्च अदालतको यो फैसलालाई हामी स्वागत् गर्दछौं र संबिधानको जगेर्नाका पक्षमा ऐतिहासिक फैशलामा संलग्न संवैधानिक इजलासप्रति कृतज्ञता ज्ञापन गर्दछौं । साथै, यो फैसलाले संविधानको सर्बोच्चता र कानूनी शासन कायम गर्न मद्दत पुग्ने हामीलाई विश्वास छ । हामीलाई बिश्वास छ की, संर्वोच्च अदालतको परमादेश बमोजिम देशमा नयाँ सरकार गठन हुनेछ, मुलुकको संसद चलायमान हुनेछ र सिंगो मुलुक वैधानिक प्रक्रियाबाट अघि बढ्नेछ । नयाँ सरकारले संविधानको मर्म, भावना, ब्यवस्था र नेपाली जनताको चाहना बमोजिम संविधान र कानूनी शासनको रक्षा गर्ने, विगत सरकारले गरेका गल्तिहरु सच्याउने र दण्डहिनता अन्त गर्ने अपेक्षा गरेका छौं । स्वेच्छाचारी रुपमा शासन गर्ने मनशायले अध्यादेशका माध्यमबाट अलोकतान्त्रिक गतिविधिहरुलाई सच्याउँदै देशमा न्याय, समानता, मानव अधिकार, सुशासन र जनताको हितप्रति प्रतिबद्धत भएर लोकतन्त्रको संस्थागत विकासमा योगदान गर्न पनि हामी नयाँ सरकारलाई आह्वान गर्दछौं । साथै, नयाँ सरकारका हरेक गतिविधिहरुको हामी सुक्ष्म रुपमा निरन्तर निगरानी गरिरहनेछौं, भने लोकतन्त्र र संबिधानको संरक्षणका पक्षमा हाम्रो सक्रियता जारी रहने पनि जानकारी गराउन चाहन्छौं । यस अवसरमा हामी वर्तमान सरकारलाई सर्बोच्च अदालतको यो फैसलालाई तत्काल कार्यान्वयनका लागि उचित वातावरण तयार गर्न र सहयोगी बन्न पनि आव्हान गर्दछौं । साथै, लोकतान्त्रिक मूल्य मान्यता अभ्यास प्रबर्धन र संविधानको रक्षाको लागि जिम्मेवार भई मुलुकको बृहत्तर हितको पक्षमा उहाँको दलले निरन्तर क्रियाशिल भई योगदान गर्ने पनि अपेक्षा गर्दछौं । हस्ताक्षरकर्ताहरु प्रा. कपिल श्रेष्ठ, मानव अधिकारकर्मी चरण प्रसाई, जवाफदेहिता निगरानी समिति डा. गोपाल कृष्ण सिवाकोटी, इन्हुरेड इन्टरनेशनल सुशिला श्रेष्ठ, बियोण्ड बेजिङ कमिटी तारानाथ दाहाल, फ्रिडम फोरम शान्तलाल मुल्मी, वरिष्ठ समाजसेवी भवानी खरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान शोभाकर बुढाथोकी, मानव  अधिकारकर्मी दिनेश त्रिपाठी, कानून ब्यवसायी एवं मानव अधिकारकर्मी सीमा खान, मुस्लिम महिला अधिकारकर्मी शान्तालक्ष्मी श्रेष्ठ, महिला अधिकारकर्मी प्रदिप पोखरेल, निर्वाचन पर्यबेक्षण समिति सूर्य बहादुर थापा, बिपद् ब्यवस्थापन राष्ट्रिय संजाल बासुदेव न्यौपाने, सामाजिक अभियन्ता ईन्द्र प्रसाद अर्याल, न्यायका लागि मानव अधिकार बाबुराम गिरी, सिभिल राईट्स एशोसिएशन अफ नेपाल गणेश बिके, राष्ट्रिय दलित नेटवर्क नरेन खतिवडा, युथ एडभोकेसी नेपाल केदार खड्का, गोगो फाउण्डेशन गणेश कुमार मण्डल, मधेशी नागरिक समाज राजेन्द्र अर्याल, खानेपानी तथा सरसफाई उपभोक्ता राष्ट्रिय महासंघ बिष्णु पुकार श्रेष्ठ, काहुराष्ट नेपाल सुवास खतिवडा, सामुदायिक रेडियो अभियन्ता अन्जना शाक्य, महिला मानवअधिकारकर्मी सरु जोशी, महिला अधिकारकर्मी नरेन्द्र जोशी, साप नेपाल राजन कुइकेल, मानव अधिकारकर्मी एवं पत्रकार शंभु प्रसाद दुलाल, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपाल सिमा खान, नेपाल मुस्लिम महिला कल्याण समाज कुन्दा शर्मा, मानव अधिकारको लागि महिला भक्त बिश्वकर्मा, दलित गैसस महासंघ नेपाल बिर्ख बहादुर शाही, प्राकृतिक श्रोत अधिकारकर्मी सुनी लामा, आदिवासी जनजाति महिला मञ्च डा. प्रकाश भट्टराई, नागरिक अधिकारकर्मी डा. चिरञ्जीवी भट्टराई, नेपाल मानव अधिकार संगठन कृष्ण गौतम, मानव अधिकारकर्मी डा. बिन्ज्वला श्रेष्ठ, जनस्वास्थ्य बिज्ञ हुकुम पोखरेल, काहुराष्ट नेपाल दयासागर श्रेष्ठ, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल भोला भट्टराई, नागरिक अधिकारकर्मी तारा भण्डारी, सामुदायिक सारथी रोशना खड्का, शान्तिकालागि साझा अभियान नेपाल एवं सपोर्ट नेपाल डिल्लु प्रसाद घिमिरे, नेपाल जलवायु परिवर्तन महासंघ डा. सुन्दर थापा, सबैको लागि स्वतन्त्रता पद्मा गुरुङ, महिला अधिकारकर्मी एवं सामाजिक अभियन्त, सुदुर पश्चिम प्रदेश दुर्गा पाण्डे, सामाजिक अभियन्ता, कर्णाली प्रदेश, संजय शर्मा, यौन तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी विश्वजीत तिवारी, मानवअधिकारकर्मी, लुम्बिनी प्रदेश गीता रसाइली, द्वन्द्व पिडित अधिकारकर्मी, द्वन्द्व पिडित साझा चौतारी इन्दिरा श्रेष्ठ, मानव अधिकारकर्मी विना सिलवाल, महिला अधिकारकर्मी एवं सामाजिक अभियन्ता, गण्डकी प्रदेश आरती पाठक, महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता, बाग्मती प्रदेश देवकी नेपाल, सामाजिक अभियन्त एवं महिला अधिकारकर्मी, प्रदेश २ सीता पौडेल, महिला अधिकारकर्मी एवं सामाजिक अभियन्ता, प्रदेश १ टंक अर्याल, नागरिक अधिकारकर्मी तुलसी देवकोटा, राष्ट्रिय जनवकालत मञ्च सिताराम घले परियार, छुवाछुट बिरुद्ध बिश्वब्यापी एलायन्स राम रोहन पन्त, ग्लोबल पिस फाउण्डेशन प्रकाश योगी, एचआइभि र एड्स भएका ब्यक्तिहरुको राष्ट्रिय महासंघ कर्ण नेपाली, मानव अधिकारकर्मी खगेन्द्र ओली, मानव अधिकारकर्मी दिपक सोनी, ग्रासरुट डिभेलोप्मेन्ट फाउण्डेशन गौरा नेपाली, दलित महिला केन्द्र सुजन घले, मानव अधिकारकर्मी मनिषा ढकाल, लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघ नेपाल भोला प्रसाद लोहनी, अप्सन नेपाल सुदर्शन सुवेदी, अपाङ्गता अधिकारकर्मी प्रो. केशव राज खड्का, खाद्य अधिकार राष्ट्रिय संजाल देविका तिमिल्सिना, इह्रिरिकन नेपाल महेन्द्र यादव, नेपाल ट्रेड युनियन कंग्रेस रामप्रसाद चौधरी, साझेदारी वन उपभोक्ता महासंघ नेपाल अभय जोशी, स्कोप नेपाल महेन्द्र लक्ष्मी शर्मा, अध्ययता इश्वरी बिके, दलित सेवा संघ प्रतिमा गुरुङ, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग संघ पिंकी गुरुङ, निल हिरा समाज अधिवक्ता त्रिलोक चन्द विश्वास वि.क., राष्ट्रिय अध्यक्ष, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बिष्णु पोखरेल, जुरी नेपाल लक्ष्मी गुरुङ, आदिवासी जनजाति महिला समुह नेपाल बुद्ध शरण लामा, युवा सेवा समाज मकवानपुर अनिस श्रेष्ठ, वातावरण शिक्षा तथा विकासको लागि युवा फाउण्डेशन सुन्दर बहादुर सेनी, अन्तर्राष्ट्रिय कानून तथा सार्वजनिक नीति समाज गणेश धामी, मानव अधिकारकर्मी अरुण सुवेदी, मानव अधिकारकर्मी शिव अधिकारी, मानव अधिकारकर्मी दिवाकर उप्रेती, युवा अधिकारकर्मी बिनय कार्की, मानव अधिकारकर्मी महेन्द्र थापा, मानव अधिकारकर्मी इन्द्र भट्टराई, आफन्त नेपाल रण बहादुर कार्की, गरिब तथा दलित उत्थान सेवा समिति डोल्पा उर्मिला विश्वकर्मा, महिला सशक्तिकरण केन्द्र डोल्पा संजोग ठकुरी, हामी दाजुभाई अज बहादुर शाही, सामाजिक कार्यकर्ता विकास जिसी, युवा मानव अधिकारकर्मी मनोज ज्ञवाली, युवा मानव अधिकारकर्मी चन्द्र प्रसाद थानी, वन वातावरण श्रमिक संघ नेपाल लक्ष्मी राई, सामाजिक अभियन्ता बैद्यनाथ चौधरी, रत्यौली युवा क्लव, महोत्तरी अन्सु गुरुङ, सामाजिक अभियन्ता परिवर्तन कोइराला, सामजिक अभियन्ता प्रेमबहादुर शाही, सामदायिक विकास केन्द्र, मुगु सन्जु सिं विश्वकर्मा, दलित सेवा संघ नेपाल बालमाया विश्वकर्मा, जुरी नेपाल टक बहादुर तामाङ, आदिवासी जनजाति विकासका लागि संजाल बिमला सापकोटा, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल बिरेन्द्र राय, सामाजिक अभियन्ता केशब प्रसाद सापकोटा, बिजय विकास श्रोत केन्द्र, गैंडाकोट त्रिलोचन सापकोटा, बिजय फाउण्डेशन नेपाल, गैंडाकोट उर्मिला श्रेष्ठ, टेवा नेपाल सुमन खड्का, युवा अभियान नेपाल उर्मिला सिंखडा, अध्ययता राजन बिश्वकर्मा, नेपाल दलित महिला उत्थान केन्द्र काठमाण्डौ बिना सिलवाल, कोपिला नेपाल धर्मराज जोशी, भूमि शासन तथा कार्य समुह इश्वर राज पन्त, नागरिक अधिकारकर्मी सतिष मैनाली, सामाजिक अभियन्ता देवु पराजुली, सामाजिक अभियन्ता सरोज दिलु विश्वकर्मा, सामाजिक अभियन्ता गोकुल सापकोटा, सामाजिक अभियन्ता गोमा पौडेल, सामाजिक अभियन्ता लक्ष्मी चौधरी, सामाजिक अभियन्ता मिन बस्नेत, सामाजिक अभियन्ता पुस्तक चन्द, ग्रामीण युवा सरोकार केन्द्र, रुकुम पश्चिम केशव वादी (नेपाली), मानव अधिकार अभियन्ता मुकुन्द न्यौपाने, सामाजिक अभियन्ता टोम प्रसाद सापकोटा, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल नन्दलाल बास्तोला, सामाजिक अभियन्ता नित्र बहादुर देउजा, सामाजिक अभियन्ता पम्फा पुर्कोटी, सामाजिक अभियन्ता प्रकाश वाग्ले, सामाजिक अभियन्ता प्रतिमा राना मगर, सामाजिक अभियन्ता रीता मानन्धर, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल रण ठेबे, सामाजिक अभियन्ता नरेश कुमार श्रेष्ठ, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल रोसन चिकंबंजार, नाफान नेपाल साबित्री खड्का, सामाजिक अभियन्ता सबु पौडेल, सामाजिक अभियन्ता सन्तोष राना, सामाजिक अभियन्ता सेतेमान तामाङ, सामाजिक अभियन्ता उमा थपलिया, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल बिष्णु कुँवर, सामाजिक अभियन्ता सतिष राज, सामाजिक अभियन्ता दिपेश कुमार घिमिरे, सामाजिक अभियन्ता भरत भट्ट, सामाजिक अभियन्ता हर्क बहादुर ओली, समाजिक अभियन्ता, बाजुरा

You might be interested: