अद्यावधिक गरिएको– मे ९, २०२२
इन्टरनेटको यस युगमा आफ्नो कामको प्रतिशोधमा पत्रकारहरुले लामो समयदेखि जोखिम भोगिरहेका छन् । आक्रमणकारीले सोसल मिडिया र व्यक्तिगत वेबसाइटमा प्रकाशित सूचनाको आडमा पत्रकारहरुको डाटा ह्याक गर्ने, दुर्व्यवहार गर्ने, लज्जित बनाउने, वा बेइज्जत गर्ने गर्छन् । अनलाईन दुर्व्यवहार अत्याधुनिक हुदै गइरहेको छ । पत्रकारको कामको बदनाम गर्ने उद्देश्यले पत्रकार र उनीहरुको मिडियाबिरुद्ध संगठितरुपमा बेइज्जती अभियान चलाइन्छन् । यस्ता आक्रमण राज्य प्रायोजित व्यक्तिहरु (state-sponsored actors) लगायत चुस्त संगठित अनलाईन समूह (well-organized online groups) ले सञ्चालन गर्छन् । आक्रमणकारीले सूचना चोरेर पत्रकारलाई मुर्ख बनाउँछन्, सहमति बिना दुरुपयोग गर्छन वा पत्रकार र संभवत उनीहरुका सहकर्मी वा परिवारका सदस्यहरुका व्यक्तिगत सूचना इन्टरनेटमा प्रकाशित गरेर सार्वजनिक गर्छन् जसलाई डोक्सिङ् भनिन्छ । ती आक्रमणकारीले पत्रकार र उनीहरुका नजिकका मानिसबारे निकै खोजमेल गरी घरको ठेगाना र व्यक्तिगत जानकारी छताछुल्ल बनाइदिन्छन् । त्यसैले आफ्नो बारेमा सार्वजनिक स्पेसमा कस्ता जानकारी छन् भन्ने कुरामा पत्रकार अत्यन्त सचेत हुनुपर्छ । ती जानकारीबाट अन्य के कुरा थाहा हुन्छ विचार पुर्याउनुपर्छ, र जहाँ सम्भव छ त्यही त्यस्ता जानकारी इन्टरनेटबाट हटाउनुपर्छ । सचेत हुनुहोस्, इन्टरनेटबाट पूर्णरुपमा डाटा हटाउन धेरै कठिन छ । इन्टरनेट अर्काइभ मेसिनमा सूचना/डाटा भण्डारण गरिएको हुन्छ वा स्क्रिनसट लिइएको र अरुसँग सेयर गरिएको हुनसक्छ । तपाईको व्यक्तिगत सूचना अनुरोध गरेअनुसार कुनै साइटले हटाउने कि नहटाउने भन्ने कुरा त्यो सूचना तपाईको नियन्त्रणमा रहेको अकाउन्टमा छ वा अन्य तेश्रो पार्टीसँग छ भन्नेमा भर पर्छ । सूचना खोजी गर्ने इन्जिन (सर्च इन्जिन) को अल्गोरिद्म परिवर्तन हुन समय लाग्छ, त्यसैले तपाईले हटाउन गरेको अनुरोधको सुनुवाइ भए पनि एक पटक इन्टरनेटमा गएको सूचना धेरै दिनसम्म रहन सक्छ ।तपाईको व्यक्तिगत सूचनाको सुरक्षा गर्नका लागि शुरुवाती प्रयासः
अनलाईन दुर्व्यवहार विरुद्ध आफू बच्नको लागि निरोधक उपायहरु अवलम्बन गर्नु महत्वपूर्ण हुन्छ । आक्रमण हुनु अगाडि तपाईले आफ्नो डाटाको संरक्षण गर्न जति धेरै उपाय अपनाउनु हुन्छ, त्यति धेरै तपाईको सूचना सुरक्षित रहन सक्छ । अझ राम्रो त, यदि तपाईलाई कसैले अनलाईनमा हेरे भनें तिनीहरुले तपाईका व्यवशायिक सूचना मात्र देख्न सक्छन् ।- तपाईलाई निशानामा राख्न चाहने को को छन् थाहा पाइरहनु होस् र तीनिहरुले तपाईलाई अनलाईन र अफलाईन दुवै माध्यममा कति जोखिम पु¥याउन सक्छन् आँकलन गर्नुहोस् ।
- अरु पत्रकारहरुका समाचार र अकाउन्ट पनि हेरि राख्नुहोस् र सहमति बिना उनीहरुका व्यक्तिगत जानकारी प्रकाशित भएका छन् छैनन् ख्याल गर्नुहोस् । यस्तो खालको डोक्सिङ् आक्रमण सबै बिटमा काम गर्ने पत्रकारहरुमाथि बढिरहेको छ, तर नयाँ प्रवृत्तिबारे तपाईको सचेतनाले समयमै सावधानी अपनाउन सहयोग गर्छ ।
- क्रेडिट मोनिटरिङ सर्भिसमा (Credit Monitoring Service) साइन अप गनुहोस् जसले गर्दा तपाईका आर्थिक अकाउन्टहरुमा कुनै ठगीका गतिविधि हुन सक्ने भए एलर्ट आउँछ ।
- आफ्नो काम र व्यक्तिगत जीवनको लागि फरक फरक अकाउन्ट बनाउनुहोस् । जस्तै, उदाहरणको लागि, सबै कुराका लागि एउटै इमेल चलाउनुभन्दा कामका लागि मात्रै एउटा छुट्टै अकाउन्ट बनाउनुहोस् । तपाईको सोसल मिडिया अकाउन्ट पेशागत हो वा व्यक्तिगत हो छुट्याउनुहोस् । तपाईको अनलाईन अकाउन्टमा पेशागत र व्यक्तिगत सूचना मिसाउँदा तपाईलाई जोखिम हुन्छ । यदि कुनै आक्रमणकारीले तपाईको अकाउन्टमा पहुँच पु¥यायो भनें तपाईका दुवै थरी डाटाको चोरी हुन्छ ।
- तपाईको गोपनीयता र सुरक्षा (security) सेटिङको आधारमा व्यक्तिगत डाटा खुलासा भएको छ कि यसका लागि नियमितरुपमा आफ्नो सोसल मिडिया अकाउन्ट समीक्षा गर्नुहोस् । आफ्ना पुराना पोष्ट पनि हेर्नुहोस् कतै तपाईले अरुलाई देखाउन नचाहने चीज/विषय पो पोष्ट गर्नुभएको थियो कि, जस्तै तपाईको छोराछोरीको फोटो, आफू बसेको स्थान र ठेगानाको जानकारी वा कुनै गलत अर्थ लाग्ने किसिमको पुरानो फोटो । ब्याकअप गर्नुहोस् र तपाईका व्यक्तिगत म्यासेज मेटाउनुहोस् ।
- के कस्ता डाटा नीजि राख्ने र अफलाईन राख्ने हेक्का राख्नुहोस् । यसमा तपाईको परिचय खुल्ने डाटा जस्तै तपाईको जन्म दिन, तपाई बस्ने स्थान– तपाईको घरको ठेगाना र सम्पर्क सूचना जस्तै इमेल आइडी र फोन नम्बर ।
- आफ्नो नाम, ठेगाना र अन्य जानकारी जस्तै जन्मदिनका लागि गुगल एलर्ट सेटअप गर्नुहोस् । तपाईको नाम लेख्दा हिज्जे बिग्रिएर दोहोरिरहने शब्दका लागि पनि एलर्ट राख्नुहोस् ।
- तपाईको बारेमा इन्टरनेटमा के के सूचना उपलब्ध छन्, याद गर्नुहोस् । यी कुराहरु गर्नुहोस्ः —– सबै सर्च इन्जिन प्रयोग गरी आफैलाई खोज्नुहोस् । अरुलाई थाहा नहुने (Incognito Mode) वा नीजि विन्डोमा ब्राउजर चलाउनुहोस् जसले निश्चित देखिइरहने होइन कि तपाईले खोजेका सम्पूर्ण परिणाम देखाइदिन्छ । —– सम्भव भए, यान्डेक्स ( Yandex) र पाइतु (Baidu) जस्ता रसियन र चिनीयाँ सर्च इन्जिनमा पनि खोज्नुहोस् । —– तपाईले समाचारको रुपमा प्रकाशन गरेका फोटो, भिडियो र कमेन्ट पनि चेक गर्नुहोस् । —– आफूले हटाउन प्रयास गरेको विषयवस्तुको नोट गर्नुहोस् । —– आफ्नो परिवारका सदस्यहरुको अनलाईनमा उपलब्ध डाटा÷जानकारी नियाल्नुहोस् र ती जानकारी तपाईका लागि राम्रा नराम्रा के हुन सक्छन् विचार गर्नुहोस् । —–आफ्नो अनलाईन विवरण (प्रोफाइल) बारे क्यालेन्डरमा उल्लेख गरी नियमित सम्झाउने (रिमाइन्डर) बनाउनुहोस् ।
- अमेरिकामा पत्रकारहरुले डाटा ब्रोकर गर्ने साइटबाट आफ्नो र परिवारका सदस्यको व्यक्तिगत डाटा हटाउनका लागि साइन अप गर्नु पर्दछ । पेशागत विषयवस्तुको अनुगमन र हटाउने सेवा दिने सुविधा हुन्– डिलिट्मि (DeleteMe) वा रेकर्डेड फ्युचर (Recorded Future)।
तपाई वा तपाईको परिवारको नियन्त्रण रहेका अकाउन्ट र वेबसाइटबाट सूचना हटाउनका लागिः
- सार्वजनिक गर्न नहुने भनी किटान गरिएका व्यक्तिगत डाटा हटाउनका लागि तपाईहरुको अकाउन्टमा लग इन गर्नुहोस् र मेटाउनुहोस् ।
- संवेदनशील सूचनाको लागि चलाउने आफ्नो वेबसाइट वा अन्य कुनै साइटको समीक्षा गर्नुहोस्, र जहाँ सम्भव छ त्यहि यी कुरा हटाउने उपाय अपनाउनुहोस् । जस्तै, तपाईको इमेल र भौतिक ठेगानाको साटो सम्पर्क फर्म प्रयोग गर्नुहोस् । सूचनाको पहिचान गर्नुहोस् ।
- आफ्नो परिवार र साथीहरुसँग आफूले सार्वजनिक गर्ने सूचनाका बारेमा एक अर्कालाई बताउनुहोस् । कस्ता डाटा सेयर गर्दा र कस्ता डाटा नीजि राख्दा तपाई खुसी हुनुहुन्छ अरुसँग बयान गर्नुहोस् । उनीहरुलाई पनि तपाईलाई कस्ता पोष्ट ट्याग गर्न सक्छन् गफ गर्नुहोस् ।
- परिवारका सदस्यलाई उनीहरुको सुरक्षा सेटिङ चेक गर्न र सोसल मिडिया अकाउन्टबाट कुनै कन्टेन्ट हटाउनका लागि सहयोग गर्न आफू सक्षम हुनुहोस्, तयार रहनुहोस् ।
अन्त कतै भएको सूचना हटाउनको लागिः
- तपाईको बारेमा उपलब्ध सूचना हटाउनका लागि साइटहरुलाई सम्पर्क गर्नुहोस् । त्यस्ता साइट कुन ठाउँमा अवस्थित छन्, कस्तो कानुनको पालना गर्छन् भन्ने कुराका आधारमा उनीहरुले तपाईको अनुरोध कार्यान्वयन गर्छन्– मेट्ने या नमेट्ने । हरेक साइटको नीति के छ अध्ययन गर्नुहोस् । इन्टरनेट अर्काइभ गर्र्ने साइट जस्तो कि वेब्याक मसिन ( WayBack Machine) को बारेमा चेक गर्न नबिर्सनुहोस् र त्यहाँबाट तपाईको डाटा हटाउन अनुरोध गर्नुहोस् ।
- गुगल म्याप (Google Maps) , एप्पल म्याप, र अन्य कम्पनीमा सम्पर्क गरी तपाईको निबास वा अन्य जानकारीमूलक सूचना हटाउन वा धमिलो गरी नबुझिने बनाइदिन अनुरोध गर्नुहोस् ।
- गुगल सर्च (Google Search ) लाई सार्वजनिक रुपमा सर्च गर्दा भेटिन लिङ्क हटादिन भन्नुहोस् । यसरी लिङ्कमा तपाईको व्यक्तिगत डाटा जस्तो घरको ठेगाना पनि पर्छ । यो पनि सचेत हुनुस् कि यसो गर्दा गुगलको सर्च इन्जिनबाट मात्र हट्छ, अन्य सर्च इन्जिनबाट होइन ।
- व्यक्तिको डाइरेक्टरी भएका साइटहरुले सार्वजनिक डाटाबेसबाट तपाईको व्यक्तिगत सूचना लिन्छन् ।
- त्यस्तो डाइरेक्टरीलाई तपाईको सूचना हटाउन भन्नुहोस् । तर पनि मुख्य श्रोतबाट नहटाउन्जेल अन्य ठाउँमा भनें फेरि देखिन सक्छ ।
- तपाईको सूचना नीजि बनाउन वा हटाउन सार्वजनिक डाटाबेस निर्माणकर्ता–साधारणतया सरकारी निकाय– सँग सम्पर्क गर्नुहोस् । यस सम्बन्धी कानुन देशैपिच्छे फरक फरक हुनसक्छ ।