अद्यावधिक गरिएको– मे ९, २०२२
इन्टरनेटको यस युगमा आफ्नो कामको प्रतिशोधमा पत्रकारहरुले लामो समयदेखि जोखिम भोगिरहेका छन् । आक्रमणकारीले सोसल मिडिया र व्यक्तिगत वेबसाइटमा प्रकाशित सूचनाको आडमा पत्रकारहरुको डाटा ह्याक गर्ने, दुर्व्यवहार गर्ने, लज्जित बनाउने, वा बेइज्जत गर्ने गर्छन् ।
अनलाईन दुर्व्यवहार अत्याधुनिक हुदै गइरहेको छ । पत्रकारको कामको बदनाम गर्ने उद्देश्यले पत्रकार र उनीहरुको मिडियाबिरुद्ध संगठितरुपमा बेइज्जती अभियान चलाइन्छन् । यस्ता आक्रमण राज्य प्रायोजित व्यक्तिहरु (state-sponsored actors) लगायत चुस्त संगठित अनलाईन समूह (well-organized online groups) ले सञ्चालन गर्छन् ।
आक्रमणकारीले सूचना चोरेर पत्रकारलाई मुर्ख बनाउँछन्, सहमति बिना दुरुपयोग गर्छन वा पत्रकार र संभवत उनीहरुका सहकर्मी वा परिवारका सदस्यहरुका व्यक्तिगत सूचना इन्टरनेटमा प्रकाशित गरेर सार्वजनिक गर्छन् जसलाई डोक्सिङ् भनिन्छ । ती आक्रमणकारीले पत्रकार र उनीहरुका नजिकका मानिसबारे निकै खोजमेल गरी घरको ठेगाना र व्यक्तिगत जानकारी छताछुल्ल बनाइदिन्छन् । त्यसैले आफ्नो बारेमा सार्वजनिक स्पेसमा कस्ता जानकारी छन् भन्ने कुरामा पत्रकार अत्यन्त सचेत हुनुपर्छ । ती जानकारीबाट अन्य के कुरा थाहा हुन्छ विचार पुर्याउनुपर्छ, र जहाँ सम्भव छ त्यही त्यस्ता जानकारी इन्टरनेटबाट हटाउनुपर्छ ।
सचेत हुनुहोस्, इन्टरनेटबाट पूर्णरुपमा डाटा हटाउन धेरै कठिन छ । इन्टरनेट अर्काइभ मेसिनमा सूचना/डाटा भण्डारण गरिएको हुन्छ वा स्क्रिनसट लिइएको र अरुसँग सेयर गरिएको हुनसक्छ । तपाईको व्यक्तिगत सूचना अनुरोध गरेअनुसार कुनै साइटले हटाउने कि नहटाउने भन्ने कुरा त्यो सूचना तपाईको नियन्त्रणमा रहेको अकाउन्टमा छ वा अन्य तेश्रो पार्टीसँग छ भन्नेमा भर पर्छ ।
सूचना खोजी गर्ने इन्जिन (सर्च इन्जिन) को अल्गोरिद्म परिवर्तन हुन समय लाग्छ, त्यसैले तपाईले हटाउन गरेको अनुरोधको सुनुवाइ भए पनि एक पटक इन्टरनेटमा गएको सूचना धेरै दिनसम्म रहन सक्छ ।
तपाईको व्यक्तिगत सूचनाको सुरक्षा गर्नका लागि शुरुवाती प्रयासः
अनलाईन दुर्व्यवहार विरुद्ध आफू बच्नको लागि निरोधक उपायहरु अवलम्बन गर्नु महत्वपूर्ण हुन्छ । आक्रमण हुनु अगाडि तपाईले आफ्नो डाटाको संरक्षण गर्न जति धेरै उपाय अपनाउनु हुन्छ, त्यति धेरै तपाईको सूचना सुरक्षित रहन सक्छ । अझ राम्रो त, यदि तपाईलाई कसैले अनलाईनमा हेरे भनें तिनीहरुले तपाईका व्यवशायिक सूचना मात्र देख्न सक्छन् ।
- तपाईलाई निशानामा राख्न चाहने को को छन् थाहा पाइरहनु होस् र तीनिहरुले तपाईलाई अनलाईन र अफलाईन दुवै माध्यममा कति जोखिम पु¥याउन सक्छन् आँकलन गर्नुहोस् ।
- अरु पत्रकारहरुका समाचार र अकाउन्ट पनि हेरि राख्नुहोस् र सहमति बिना उनीहरुका व्यक्तिगत जानकारी प्रकाशित भएका छन् छैनन् ख्याल गर्नुहोस् । यस्तो खालको डोक्सिङ् आक्रमण सबै बिटमा काम गर्ने पत्रकारहरुमाथि बढिरहेको छ, तर नयाँ प्रवृत्तिबारे तपाईको सचेतनाले समयमै सावधानी अपनाउन सहयोग गर्छ ।
- क्रेडिट मोनिटरिङ सर्भिसमा (Credit Monitoring Service) साइन अप गनुहोस् जसले गर्दा तपाईका आर्थिक अकाउन्टहरुमा कुनै ठगीका गतिविधि हुन सक्ने भए एलर्ट आउँछ ।
- आफ्नो काम र व्यक्तिगत जीवनको लागि फरक फरक अकाउन्ट बनाउनुहोस् । जस्तै, उदाहरणको लागि, सबै कुराका लागि एउटै इमेल चलाउनुभन्दा कामका लागि मात्रै एउटा छुट्टै अकाउन्ट बनाउनुहोस् । तपाईको सोसल मिडिया अकाउन्ट पेशागत हो वा व्यक्तिगत हो छुट्याउनुहोस् । तपाईको अनलाईन अकाउन्टमा पेशागत र व्यक्तिगत सूचना मिसाउँदा तपाईलाई जोखिम हुन्छ । यदि कुनै आक्रमणकारीले तपाईको अकाउन्टमा पहुँच पु¥यायो भनें तपाईका दुवै थरी डाटाको चोरी हुन्छ ।
- तपाईको गोपनीयता र सुरक्षा (security) सेटिङको आधारमा व्यक्तिगत डाटा खुलासा भएको छ कि यसका लागि नियमितरुपमा आफ्नो सोसल मिडिया अकाउन्ट समीक्षा गर्नुहोस् । आफ्ना पुराना पोष्ट पनि हेर्नुहोस् कतै तपाईले अरुलाई देखाउन नचाहने चीज/विषय पो पोष्ट गर्नुभएको थियो कि, जस्तै तपाईको छोराछोरीको फोटो, आफू बसेको स्थान र ठेगानाको जानकारी वा कुनै गलत अर्थ लाग्ने किसिमको पुरानो फोटो । ब्याकअप गर्नुहोस् र तपाईका व्यक्तिगत म्यासेज मेटाउनुहोस् ।
- के कस्ता डाटा नीजि राख्ने र अफलाईन राख्ने हेक्का राख्नुहोस् । यसमा तपाईको परिचय खुल्ने डाटा जस्तै तपाईको जन्म दिन, तपाई बस्ने स्थान– तपाईको घरको ठेगाना र सम्पर्क सूचना जस्तै इमेल आइडी र फोन नम्बर ।
- आफ्नो नाम, ठेगाना र अन्य जानकारी जस्तै जन्मदिनका लागि गुगल एलर्ट सेटअप गर्नुहोस् । तपाईको नाम लेख्दा हिज्जे बिग्रिएर दोहोरिरहने शब्दका लागि पनि एलर्ट राख्नुहोस् ।
- तपाईको बारेमा इन्टरनेटमा के के सूचना उपलब्ध छन्, याद गर्नुहोस् । यी कुराहरु गर्नुहोस्ः
—– सबै सर्च इन्जिन प्रयोग गरी आफैलाई खोज्नुहोस् । अरुलाई थाहा नहुने (Incognito Mode) वा नीजि विन्डोमा ब्राउजर चलाउनुहोस् जसले निश्चित देखिइरहने होइन कि तपाईले खोजेका सम्पूर्ण परिणाम देखाइदिन्छ ।
—– सम्भव भए, यान्डेक्स ( Yandex) र पाइतु (Baidu) जस्ता रसियन र चिनीयाँ सर्च इन्जिनमा पनि खोज्नुहोस् ।
—– तपाईले समाचारको रुपमा प्रकाशन गरेका फोटो, भिडियो र कमेन्ट पनि चेक गर्नुहोस् ।
—– आफूले हटाउन प्रयास गरेको विषयवस्तुको नोट गर्नुहोस् ।
—– आफ्नो परिवारका सदस्यहरुको अनलाईनमा उपलब्ध डाटा÷जानकारी नियाल्नुहोस् र ती जानकारी तपाईका लागि राम्रा नराम्रा के हुन सक्छन् विचार गर्नुहोस् ।
—–आफ्नो अनलाईन विवरण (प्रोफाइल) बारे क्यालेन्डरमा उल्लेख गरी नियमित सम्झाउने (रिमाइन्डर) बनाउनुहोस् ।
- अमेरिकामा पत्रकारहरुले डाटा ब्रोकर गर्ने साइटबाट आफ्नो र परिवारका सदस्यको व्यक्तिगत डाटा हटाउनका लागि साइन अप गर्नु पर्दछ । पेशागत विषयवस्तुको अनुगमन र हटाउने सेवा दिने सुविधा हुन्– डिलिट्मि (DeleteMe) वा रेकर्डेड फ्युचर (Recorded Future)।
तपाई वा तपाईको परिवारको नियन्त्रण रहेका अकाउन्ट र वेबसाइटबाट सूचना हटाउनका लागिः
- सार्वजनिक गर्न नहुने भनी किटान गरिएका व्यक्तिगत डाटा हटाउनका लागि तपाईहरुको अकाउन्टमा लग इन गर्नुहोस् र मेटाउनुहोस् ।
- संवेदनशील सूचनाको लागि चलाउने आफ्नो वेबसाइट वा अन्य कुनै साइटको समीक्षा गर्नुहोस्, र जहाँ सम्भव छ त्यहि यी कुरा हटाउने उपाय अपनाउनुहोस् । जस्तै, तपाईको इमेल र भौतिक ठेगानाको साटो सम्पर्क फर्म प्रयोग गर्नुहोस् । सूचनाको पहिचान गर्नुहोस् ।
- आफ्नो परिवार र साथीहरुसँग आफूले सार्वजनिक गर्ने सूचनाका बारेमा एक अर्कालाई बताउनुहोस् । कस्ता डाटा सेयर गर्दा र कस्ता डाटा नीजि राख्दा तपाई खुसी हुनुहुन्छ अरुसँग बयान गर्नुहोस् । उनीहरुलाई पनि तपाईलाई कस्ता पोष्ट ट्याग गर्न सक्छन् गफ गर्नुहोस् ।
- परिवारका सदस्यलाई उनीहरुको सुरक्षा सेटिङ चेक गर्न र सोसल मिडिया अकाउन्टबाट कुनै कन्टेन्ट हटाउनका लागि सहयोग गर्न आफू सक्षम हुनुहोस्, तयार रहनुहोस् ।
अन्त कतै भएको सूचना हटाउनको लागिः
- तपाईको बारेमा उपलब्ध सूचना हटाउनका लागि साइटहरुलाई सम्पर्क गर्नुहोस् । त्यस्ता साइट कुन ठाउँमा अवस्थित छन्, कस्तो कानुनको पालना गर्छन् भन्ने कुराका आधारमा उनीहरुले तपाईको अनुरोध कार्यान्वयन गर्छन्– मेट्ने या नमेट्ने । हरेक साइटको नीति के छ अध्ययन गर्नुहोस् । इन्टरनेट अर्काइभ गर्र्ने साइट जस्तो कि वेब्याक मसिन ( WayBack Machine) को बारेमा चेक गर्न नबिर्सनुहोस् र त्यहाँबाट तपाईको डाटा हटाउन अनुरोध गर्नुहोस् ।
- गुगल म्याप (Google Maps) , एप्पल म्याप, र अन्य कम्पनीमा सम्पर्क गरी तपाईको निबास वा अन्य जानकारीमूलक सूचना हटाउन वा धमिलो गरी नबुझिने बनाइदिन अनुरोध गर्नुहोस् ।
- गुगल सर्च (Google Search ) लाई सार्वजनिक रुपमा सर्च गर्दा भेटिन लिङ्क हटादिन भन्नुहोस् । यसरी लिङ्कमा तपाईको व्यक्तिगत डाटा जस्तो घरको ठेगाना पनि पर्छ । यो पनि सचेत हुनुस् कि यसो गर्दा गुगलको सर्च इन्जिनबाट मात्र हट्छ, अन्य सर्च इन्जिनबाट होइन ।
- व्यक्तिको डाइरेक्टरी भएका साइटहरुले सार्वजनिक डाटाबेसबाट तपाईको व्यक्तिगत सूचना लिन्छन् ।
- त्यस्तो डाइरेक्टरीलाई तपाईको सूचना हटाउन भन्नुहोस् । तर पनि मुख्य श्रोतबाट नहटाउन्जेल अन्य ठाउँमा भनें फेरि देखिन सक्छ ।
- तपाईको सूचना नीजि बनाउन वा हटाउन सार्वजनिक डाटाबेस निर्माणकर्ता–साधारणतया सरकारी निकाय– सँग सम्पर्क गर्नुहोस् । यस सम्बन्धी कानुन देशैपिच्छे फरक फरक हुनसक्छ ।
तपाईको अनलाईन विवरण सुरक्षित राख्नको लागि थप जानकारीका लागि सिपिजे (CPJ) को सुरक्षा नोट, अनलाईन दुर्व्यवहारबाट बच्नका लागि (protecting against online harassment ) र नियोजित अनलाईन आक्रमणबाट बच्न (protecting against targeted online attacks.) हेर्नुहोस् । आफ्नो सुस्वास्थ्य र खुसीका लागि सहयोगी सामग्री हाम्रो निर्देशिका, अनलाईन दुर्व्यवहार र मानसिक स्वस्थ्यको संरक्षण, (online harassment and how to protect your mental health) पढ्नुहोस् । अनलाईन दुर्व्यवहारबाट अझ राम्ररी बच्नको लागि थप जानकारी लिन हाम्रो निर्देशिका (guide ) हेर्नुहोस् र यसका लागि सहयोग गर्ने अरु संस्था र श्रोतहरु पनि फेला पार्नुहोस् ।
सिपिजे अनलाईन दुर्व्यवहार विरुद्धको गठबन्धन (Coalition Against Online Violence) को एक सदस्य हो । यो गठबन्धन महिला बिरुद्ध हुने दुर्व्यवहार, उत्पीडन र अन्य स्वरुपका डिजिटल आक्रमणको समाधानका लागि काम गर्ने संसार भरका विभिन्न संस्थाहरुको समूह हो ।
सम्पादकको टिप्पणीः यो सल्लाह सबैभन्दा पहिले सेप्टेम्बर ४, २०१९ मा प्रकाशित गरिएको थियो । व्यक्तिगत सूचनाको मूल्याङ्कनसम्बन्धी जानकारी माथि शीर्ष स्थानमा उल्लिखित प्रकाशन गरिएको मितिमा अद्यावधिक गरिएको थियो ।
स्रोत: कमिटि टु प्रोटेक्ट जर्नालिस्ट (https://cpj.org/ne/)