/
RSS Feed
धरानलाई कार्यक्षेत्र बनाएर खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल समाचार लेखेकै कारण विगत एक महिना देखि निरन्तर धम्कीको सामना गरिरहेका छन् । धरान उपमहानगरपालिकामा भएका बेथिति र अनियमितताको विषयमा दाहालले लामो खोज समाचार प्रकाशन गरेका थिए । यहीँ समाचार लेखेकै भरमा दाहाललाई मेयर हर्क साम्पाङ र उनका समर्थकहरूले नियमित धम्की दिँदै आइरहेका छन् । संविधानले सुनिश्चित गरेको स्वतन्त्र पत्रकारितालाई धावा दिँदै मेयर साम्पाङले बारम्बार पत्रकारमाथि खुलेआम दिने धम्की, पीडित पत्रकारको सुरक्षा, खोज पत्रकारिताको चुनौती लगायतका विषयमा केन्द्रित रही उनै पत्रकार गोपाल दाहालसँग गरिएको कुराकानी सुनौँ आजको फ्रिडम चौतारी पडकाष्टमा: