/
RSS Feed
एक जिल्ला स्तरीय भूमिगत नेताको अन्तरवार्ता गर्दागर्दै २०७६ भदौ ६ गते पोखराको शिशुवाबाट प्रहरीले गिरफ्तार गरी झुठो मुद्धा लागाइएका पत्रकार (janasanchar.com का सम्पादक एवम संचालक) ओम हमाल सर्वोच्च अदालतको दुई पटकको आदेशपछि बल्ल रिहाई भएका छन् । अघिल्लो पटक भदौ १७ गते सर्वोच्च अदालतले प्रहरीको गिरफ्तारी र लगाएको मुद्धा गलत भएको भनी रिहाई गरिदिएपनि पत्रकार हमाल पुनः सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरिनुभएको थियो । पुनः प्रहरीले लगाएको अर्को मुद्धालाई पनि सर्वोच्च अदालतले गलत ठहर गर्दै बन्दीप्रतक्षीकरण रिट मार्फत पत्रकार हमालाई पुनः २०७६ भदौ २४ गते रिहा गरेको हो ।
पत्रकार हमाल र उनको रिहाइको लागि सकृय रहनुभएकी हमालको श्रीमती मोनिका गुरुङ (श्रीमती गुरुङपनि संचारकर्मी हुनुहुन्छ) सँग फ्रिडम फोरमको कार्यालयमा गरिएको संवाद आजको पडकाष्टमा |