Freedom Chautary
Freedom Chautary
१४. आफ्नो सरोकारको विषयमा सूचना माग्न जाँदा हप्कीदप्की
/

आफ्नो सरोकारको विषयमा सूचना माग्न जाँदा खाँडाचक्र नगरपालिका वडा नंं ४, कालिकोटका शिक्षक सत्यप्रसाद आचार्यले उल्टो हप्कीदप्की खेपेका छन् ।

शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरमा आफ्नो सरोकारको सूचना माग गर्न गएका आचार्यलाई २०७५ साल चैत ७ गते त्यस कार्यालयका सूचना अधिकारीले गाली गरेर पठाए । सूचना अधिकारीले गाली गरेर फर्काएपछि उनी फ्रिडम फोरमको सम्पर्कमा आए । फ्रिडम फोरमले उनको कुरा सुनिसकेपछि सूचनाको हकसम्बन्धी ऐन २०६४ र संविधानको धारा २७ बमोजिम सूचना मागको निवेदन तयार पारी चाआर्यलाई पुनः शिक्षक सेवा आयोग पठायो । त्यसबेला पनि उनको सूचना मागको निवेदन दर्ता भएन, सूचना अधिकारीले उल्टै परीक्षामा नपढ्ने अहिले सूचन माग्ने भन्दै गाली गरेर पठाए । अहिले उनको सूचना मागको निवेदन फ्रिडम फोरमले हुलाकमार्फत शिक्षक सेवा आयोग पठाएको छ ।