Freedom Chautary
Freedom Chautary
137. नेपालमा सूचनाको हकको अवस्था, चुनौती र आगामी बाटो
/

आज सेप्टेम्बर २८ अर्थात सूचनामा सर्वव्यापी पहुँचका सम्वन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for Universal Access to Information) को सबैमा शुभकामना ।

यस दिनलाई UNESCO को सिफारिसमा संयुक्त राष्ट्रसंघको साधारण सभाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय दिवस घोषण गरेको चार वर्ष पुरा भएको छ । मानव अधिकारको संरक्षण र संवर्धन, गरिबी उन्मुलन र सम्बृद्ध समाजको लागि सूचनामा सर्वव्यापी र समान पहुँच अपरिहार्य छ ।

यसै सन्दर्भमा आज फ्रिडम चौतारी पडकाष्टमा सूचनाको हकमा लामो समय देखि संलग्न अभियान्ता आदित्य दाहाल र विज्ञहरु संजिव घिमिरे र कृष्ण सापकोटा विचको छलफल प्रस्तुत गर्दैछौं । छलफल नेपालमा सूचनाको हकको वर्तमान अवस्था, चुनौती र आगामी बाटो के हुनेछ भन्ने विषयमा आधारित छ ।

सुनौँ फ्रिडम चौतारी पडकाष्टको १३७ औं अंक :