Freedom Chautary
Freedom Chautary
43. नेपाली भाषाको पत्रकारितामा कस्तो आदरवाचक सम्बोधन ?
/

नेपाली पत्रकारितामा समाचार र लेखमा व्यक्तिलाई उल्लेख गरिने शब्द के हुने ? तिमी, तपाईं, तँ, हजुर, मौसुफ के– के ? पात्र, सन्दर्भ र भाव अनुरुप फरक– फरक हुने कि समान रुपमा मध्यम आदर जनाउने तिमी मात्र प्रयोग गर्ने ? यो बहस अहिले फेरी चलेको छ । प्रधानमन्त्री केपी ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित एक साहित्यिक समारोहमा यो विषय उठाएर नेपाली पत्रकारहरुलाई कटाक्ष गर्नुभयो । यसपछि यो बहस सामाजिक सञ्जालहरुमा र मूलधारका मिडियामा छाएको हो ।

यसै सन्दर्भमा आज फ्रिडम चौतारीमा हामी पनि यसवारे छलफल गर्दैछौं । बहसमा हुनुहुन्छ– नेपाली भाषाको शब्दभण्डारमा महत्वपूर्ण योगदान दिनुहुने  तथा नेपाली भाषाको व्याकरणलाई मौलिकता दिनुहुने भाषाविद् प्राध्यापक डा. हेमाङ्गराज अधिकारी । साथमा हुनुहुन्छ – वरिष्ठ पत्रकार एवं शिक्षाविद् हरिविनोद अधिकारी र वरिष्ठ पत्रकार तारानाथ दाहाल  ।

नेपाली आमसञ्चार माध्यमहरुमा व्यक्तिलाई सम्वोधन गरिने आदरवाचक उचित शब्द  र क्रिया  कुन–कुन हो ? र कुन– कुन शब्दको प्रयोगले नेपाली भाषाको सहज प्रयोगलाई प्रोत्साहन हुन्छ, सुनौं आजको पडकाष्ट |